
ललित विष्ट भाद २२,कालिकोट। यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धी स्वयंमसेवीकालाई दुई दिने तालिम दिईएको छ । खाँडाचक्र नगरपालिका भित्रका १,२,३,४ र ११का वडाका १८ जना स्वास्थ्य स्वयंमसेवीकालाई यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धी सक्षम बनाउन र समुदायका गर्भवती महिला तथा बालबालिकालाई यौन र प्रजनन स्वास्थ्यको महत्व बुझाउने उदेश्यले सुरु गरीएको दुई दिने तालिम बुधवार सम्पन भएको हो।
आई एन एफ नेपालको आयोजना तथा खाँडाचक्र नगरपालिकाको समन्वयमा स्वास्थ्य स्वयंमसेवीकालाई यौन तथा प्रजनन स्वास्थ्यमा सरसफाईको महत्व बुझाउर्दै स्वास्थय सामग्री समेत हस्तान्तरण गरिएको छ ।
यौन तथा प्रजनन स्वास्थ्य विषयमा कुरा सिकेको सहभागि सुनिता बराले बताईन्। उनले भनिन् ‘समुदायका गर्भवती महिला र बालबालिकालाई सिकेको कुरा सिकाउने छु। स्वास्थ्य स्वयंमसेवीकाले गर्ने सेवामा दिन नरहि रात नभनि सेवा दिर्दै आएको र आगामि दिनमा पनि सरसफई देखि समुदायमा हुने समस्या सामाधानको लागि लागिपर्ने छु।’
खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवाले यो दुई दिने तालिम फलदायीक भएको बताए । उनले यौन तथा प्रजनन स्वास्थ्यका विषयमा धेरै कुरा सिकाएको र आफ्नो टोलको आमासमुहमा पनि यो सिप सिकाउन सकेमा प्रभावकारी हुने बताए । उनले सुरक्षीत प्रशुतिकोलागि समुदायका र्गभवती महिलालाई स्वास्थ्य संस्थामा पठाउन पनि सुझाव दिए।
आइ एन एफ नेपालका परियोजना संयोजक दल बढाले बालविबाहा घटाउन,स्वास्थ्य संथामा गर्भवती हुने दर बढाउन,स्वयंमसेवीकाको भुमिका रहेको बताए। उनले भने ‘गाउँमा बाल विबाहा र प्रजनन स्वास्थ्यका बिषयमा समुदायमा जनचेतना फैनाउन अनुरोध गरे ।’ यो कार्यक्रमा खाँडाचक्र नगरपालिकाको सबै वडाहरुमा रहेको बताए ।
कार्यक्रममा खाँडाचक्र नगरपालिका भित्रका १८ जना स्वास्थ्य स्वयंमसेवीका,खाँडाचक्र नगरपालिकाका उप–प्रमुख गणेशबहादुर शाही,पत्रकार लगाएतको सहभागिता रहेको आइ एन एफ नेपालका अधिकृत पदमा हितानले बताईन्।



karnalipress
२३ भाद्र २०७९, बिहीबार २१:००