
माघ २४,कालीकोट । तिलाकर्णाली बहुमुखी क्याम्पस कालीकोटका प्रमुख लक्ष्मणबहादुर सिंहले मदिरा सेवन गरि लेखापाल माथि हातपात गरेका छन् । क्याम्पस प्रमुख रहेका सिंहले सोमबार विहान मदिरा सेवन गरि लेखापाल पदमबहादुर विष्ट माथि हातपात गरेको वडाध्यक्ष महाविर पाण्डेले बताए । ‘उनले विहानको समयमा मदिराले लठ्ठ भएका क्याम्पस प्रमुख सिंहले लेखापाल सहित अन्य शिक्षकहरु र स्थानीय नागरिकमाथि पनि हातपात गरेका छन् ।’
शिक्षकमाथिको हातपात सहित गालिगलौज समेत गरेको लेखापाल पदमबहादुर विष्टले बताए । उनले भने ‘विहानको समयमा क्याम्पस प्रमुखले कोठामा बोलाउनुभयो, चेकमा हस्ताक्षर विग्रेको थियो,त्यसैले होला सोचे कोठामा नपुग्र्दै लौरीले टाउकामा हिर्काउनुभयो ।’ के कति कारणले हो जानकारी समेत पाउन सकिएन । विष्टले भने ‘पछि बुझ्दै जादा उहाँको पारिवारीक झगडाको रिस हामीमाथि पोख्नु भएछ ।’ विष्टलाई मात्र होइन क्याम्पस प्रमुख सिंहले क्याम्पसमा आएका स्थानीय नागरिकमाथि पनि हातपात गरेका छन् । उनले खाडाचक्र नगरपालिका वडा नं ३ निवासी सर्पराज पाण्डेमाथि हातपात गरेको स्थानीय खगेन्द्र पाण्डेले बताए ।
मदिरा सेवन गरेर पति पत्निले एक आपसमा झगडा गरेका थिए, पत्नीले जिल्ला प्रहरी कार्यालय कालीकोटमा उजुरी दिएर घरबाट गएपछि पत्नीको रिस क्याम्पस प्रमुख सिंहले शिक्षकमाथि पोखेको शिक्षकहरुको भनाई छ । लेखापाल विष्टलाई हातपात गर्दा आफुहरु छुट्टाउन गएपछि आफुमाथि पनि आक्रमण गरेको शिक्षकहरुको भनाई छ ।
तिला कर्णाली बहुमुखी क्याम्पसका लेखापाल पदमबहादुर विष्ट र स्थानीय नागरिकमाथिको हातपातलाई लिएर कानुनी कार्वाहीको माग गर्दै स्थानीय नागरिक र शिक्षक प्रहरी कार्यालय पुगेकार स्थानिय र लेखापालले छुटा छुटै निवेदन पेस गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी भुपेन्द्र शाहीले बताए ।तिलाकर्णाली बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मणबहादुर सिंहलाई निवेदको आधारमा प्रहरीले नियन्त्रणमा लगेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।



karnalipress
२४ माघ २०७८, सोमबार २२:०३