तिलागुफाले ल्यायो ७० करोडको बजेट

तिलागुफा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७० करोड १४ लाख ९ हजार ७१० रुपैयाँको बजेट सार्वजनिक गरेको छ।नगरपालिकाको १७औं नगरसभा नगर प्रमुख शंकर प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा निवर्तमान नगरप्रमुख रत्नबहादुर शाही प्रमुख अतिथिका रूपमा सहभागी भए भने नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले बजेट प्रस्तुत गरे।बजेट सार्वजनिक गर्दै उपप्रमुख शाहीले विभिन्न क्षेत्रको समुचित विकास र जनताको आवश्यकता अनुसारका कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिए। नगरपालिकाले सेवा प्रवाहमा उत्कृष्ट काम गर्ने केही कर्मचारीलाई कार्यक्रममा सम्मानसमेत गरेको छ। नगर उपप्रमुख शाहीका अनुसार बजेट शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि तथा सामाजिक सुरक्षालगायत प्राथमिक क्षेत्रमा केन्द्रित रहनेछ।