आयोजना अनुगमनमा:अध्यक्ष बम

फागुन १८,कालिकोट। कालिकोट जिल्लाको पलाँता गाउँपालिका-७ र ८ मा रहेका योजना हरुको अनुगमन गरिएको छ ।

पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलाँती कान्छा, वडान-७का अध्यक्ष बर्ज बहादुर बम,वडान-८ का वडा अध्यक्ष पटक बम, वडान -८ का पार्टी इन्चार्ज गगन बम, प्राबिधिक बिनोद बम, खेलकुद शाखा प्रमुख प्रेमबहादुर बम लगाएत प्रत्रकारहरुको उपस्थित रहेकाे थियो।

अध्यक्ष बमले जनजागरण आ.बि नाईबाडाको २ कोठे पक्की भवनको पलास्तर गरि रंग रोधन गर्न निर्देशन गर्नु भएको छ । बमले समयमा नै सौचालय बनाई फिल्ड तलको भागमा जाली हाल्नुपर्ने बताए ।

त्यस्तै थिर्पु माछा पातिहाल्ना सडक निर्माणकालागि सडक २ डोजर मार्फत काम सुचारु गरि रोड निर्माणले जुम्ला पलाँतालाई टेवा पुग्ने देखिन्छ । त्यस्तै दुधेशिल्लो मा.बि बेर्सैनकोट फिल्ड भवन खानेपानी लगाएतका आयोजना अनुगमन गरिएको छ ।