‘मितेरी’ गंगादेवी शान्ति पुरस्कारबाट मल्ल सम्मानीत

ललित विष्ट ,कालिकोट ।
यस वर्षको ‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ कालिकोटका हिक्मतजंग मल्ल, बझाङकी गंगुदेवी खडायत र काठमाडौं स्थायी घर भई हाल जुम्लामा कार्यरत डाक्टर सुवी बस्न्यातलाई उक्त पुरस्कार प्रदान गरिएको छ । बिहीबार विश्व शान्ति दिवसको अवसरमा एक औपचारिक कार्यक्रममार्फत उनीहरुलाई प्रमाण पत्र, दोसल्लासहित जनही नगद ६ हजार ६९३ रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो । यस्तै, कालिकोटका मल्ल वि.सं.२०७५ सालदेखि जिल्लामा भइरहने सामाजिक गतिविधिमा संलग्न हुँदै आएका छन् ।

उनले कोभिड—१९ महामारीका बेला १ हजारदेखि १२ सय जनाजति कोभिड—१९ संक्रमितका लागि ‘आपसमा युवा अभियान’ सञ्चालन गरेका थिए । यस्तै, उनले जातीय छुवाछुत निर्मूल पार्नका लागि सडक नाटकदेखि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । बझाङकी खडायतले जिल्लामा पहिलो पटक हलो जोतेकी थिइन् । उनी महिलाको हकहितको लागि आवाज उठाउने, समाजमा शान्ति स्थापना, महिला हिंसाविरुद्धको अभियानमा सक्रिय छन्।

कर्णाली जस्तो पिछडिएको क्षेत्रमा वि।सं। ०७३ सालदेखि डा। बस्न्यात स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिँदै आएकी छन् । कर्णालीका स्त्री तथा प्रसुति समस्या भएका बिरामीहरुलाई उनले लामो समयदेखि उपचार गर्दै आएकी छन् । एक्सन वर्क्स नेपालका संस्थापक अध्यक्ष राधा पौडेलको पुस्तक ‘खलंगामा हमला’ ले २०७० सालमा मदन पुरस्कार पाएको थियो । उक्त पुरस्कार राशीमा एक्सन वक्र्स नेपालले एक लाख रुपैयाँ थपेर पौडेलको आमा गंगामाया र बुबा देवी पौडेलको सम्झनामा पुरस्कार कोष स्थापना गरेको थियो । सोही रकमबाट आउने ब्याजबाट पुरस्कार प्रदान गरिँदै आइएको छ । संस्थाले प्रत्येक वर्ष स्थानीय स्तरमा शान्ति स्थापनाका लागि योगदान पुर्‍याउने व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ