कालिकोटमा गठबन्धनमा पद मिलाउन सकस

ललित बिष्ट बैशाख ३,कालिकोट । सत्तारुढ गठबन्धनले स्थानीय चुनावमा पनि तालमेल गरेर जाने घोषणा पछि जिल्ला तहमा पदको भागबण्डा सुरु भएको छ।

कालिकोटमा क्रियाशिल तीन दलसंगै राष्ट्रिय जनमोर्चा र जसपा पनि रहेका छन । तीन दल ठुला र दुई दल साना गरी पाँच दलिय गठबन्धन कालिकोटमा पनि छ ।
सबैलाई मिलाउन समस्या भएको माओबादी केन्द्रले बताएको छ ।

सबै भन्दा शक्तीशाली कालिकोटमा माओबादी केन्द्र छ । उसले छ स्थानीय तहका प्रमुख, अध्यक्ष र चार स्थानीय तहका उपप्रमुख, उपाध्यक्ष आफुले राख्ने र वाँकी तीन प्रमुख, अध्यक्ष र छ उपप्रमुख उपाध्यक्षमा अरु चार दललाई सहभागी हुन भनेको छ ।

माओबादी केन्द्रका कर्णाली प्रदेश कमिटि सदस्य तथा पलाँता सरकारका प्रमुख लक्ष्मणबहादुर बमले आफुहरु उसैपनि जित्न सक्ने भएकाले मिलन भन्ने आस हो, नमिले पनि आफ्नो पार्टीलाई कुनै समस्या नभएको बताए ।
उनले २०७४ को चुनावलाई हेर्दा आफ्नो पार्टीले पाँच स्थानीय तहमा प्रमुख, उपप्रमुख जितेका हौ । यस्तै एक स्थानीय तहमा उपप्रमुख गरी ११ सिट जितेको माओवादी अहिले गठबन्धनमा आउदा दशमा मा सिमित हुन खोज्दैछ ।

त्यही अनुसारका वडामा पनि माओवादी केन्द्र पछि हट्छ । यती हुदा पनि नेपाली काग्रेस, नेकपा एस लगाएतका दल मिलेनन भने उनिहरुलाई नै घाटा हुने बताएका छन् । यता नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला सहइन्चार्ज तुलाराज सिम्खडाले पहिलो शक्ती माओवादीलाइ भन्न नकिल्ने बताए । उवेला र अहिले परिवेश वदलिएको छ ।
धेरै जसो नेता कार्यकर्ता माओवादी केन्द्रका नेकपा एसमा समायोजन धएका छन् । त्यसको पनि माओवादी केन्द्रले हिसाव राख्नु पर्ने उनको तर्क छ ।
नेपाली काग्रेसका उपसभापति शंकरप्रसाद उपाध्यायले माओवादी र एमालेमा बिभाजन आएको र काग्रेस सक्लो भएकाले सबै भन्दा ठुलो दल त नेपाली काग्रेस भएको दावी गरे। ‘उनले भने मिलनविन्दु भनेको एकले अर्काको कुरा सुन्ने र सहमती जनाउने हो । यती त्यसो नभए नेपाली काग्रेस छुट्टै लड्ने र जितेर आएपछि मात्र पार्टीको सल्लाह लिने छ ।’ उनले अन्त समिकरण भएपनि तिलागुफा नगरपालिकामा आफ्नो दललाई नगरप्रमुख नदिएमा आफु छुट्टै लड्ने भन्दै चुनाव प्रचारमा जुटि सकेका छन् ।

२०७४ सालको चुनावमा पनि माओवादी केन्द्रका उम्मेदवार रतनवहादुर शाहीवाट झिनो मतले पराजित भएका उपाध्यायको पक्षमा जनमत वढेको अन्य पार्टीका नेताहरुले पनि स्व%