
भाद्र १८,काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न नेपाली कांग्रेसका वरिष्ठ नेता डल्लु पुगेका छन्।शुक्रबार पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल र वरिष्ठ नेता पौडेलबीच खनालको निवासमा भेटवार्ता भएको हो।
खनाल भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि हालै स्वदेश फर्किएका हुन्। पौडेलले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिएका छन्।यसअघि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले खनाललाई भेटेका थिए।



karnalipress
१८ भाद्र २०७८, शुक्रबार १७:५८