बाबुआमा दुवै गुमाएकी बालिकाको उद्धार

बैशाख ६,कालिकोट। दुई वर्षअघि भारतमा विषालु च्याउ खाँदा बाबु  आमा बितेपछि विचल्लीमा परेकी खाँडाचक्र १ की दुई वादी समुदायकी बालिकालाई लालनपालन,शिक्षा र संरक्षणको जिम्मा सुर्खेतस्थित कोपिला भ्याली सेवा समाजलले लिएको छ ।
बाबुआमा बितेपछि बालिकाको बिचल्लीको समाचार पत्रकार ललित बिष्टले चैत्र १ गते लेखेको नागरिक दैनिकमा प्रकाशित भएपछि निरनतर उद्दारको लागि पहल गर्दा  कोपिला भ्यालीका अध्यक्ष टोपवहादुर मल्लसहितको टोली आइतवार कालिकोट पुगेर सोमवार बालिकालाई जिम्मा लिएको हो ।

जोखिममा रहेका वादी समुदायका २ वर्षीया श्रीष्मा वादी र ५ वर्षीया मनिषा वादीलाई कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माको रोहवरमा कोपिला भ्यालीका अध्यक्ष टोपवहादुर मल्लको जिम्मा दिइएको हो । बालिकाको जन्म दर्ता,मृत्यु मुचुल्का लगायतका कागजात बनाउन पत्रकार ललित विष्टले पहल गरिका थिए ।

बालिकालाई जिम्मा दिने क्रममा खाँडाचक्र नगरप्रमुख जसीप्रसाद पाण्डे,पत्रकार महासंघका पूर्व अध्यक्ष तुलाराम पाण्डे,एमाले नेता पुत्रवहादुर मल्ल,माओवादी नेतृ गंगा खड्का,गणेशवहादुर शाही आकाश, पत्रकार अशोककुमार सिंहलगायतको सहभागितामा बालिकाकी बजै लक्ष्मी वादीले नातिनी जिम्मा दिएकी छन ।

नजिकको संरक्षण गर्ने आफन्त हुदा उसैले बालबालिका हुर्काउदा बालअधिकारको संरक्षण हुने भए पनि लक्ष्मी आफै बृद्ध र बेसहारा रहेकीले लालन पालन गर्न कठिनाई भएको गुनासो गरेपछि  लक्ष्मी  बादि अभिभावक बनि जिम्मा दिनु परेको प्रजिअ शर्माले  बताए ।

ज्याला मजदुरीका लागि भारत गएको बेला विषालु च्याउ खाएर खाँडाचक्र १ मान्म बजारका ३१ वर्षीय डम्मर वादी र उनकी पत्नी बत्तिसरा बादिको दुई वर्षअघि मृृत्यु भएको थियो । पत्रकारिता क्षेत्रमा राम्रो समाचार लेखेको र उनिहरुको उद्दार भएको भन्दै पत्रकार बिष्टलाई धन्यवाद समेत दिएका छन्।
उनिहरुलाई सोमबार नै सुर्खेत लगिएको छ ।

जिण अबस्था भएका अन्य खाँडाचक्रका बादि परीवारलाई खाद्यान्न बितरण समेत गरीएको छ । सुर्खेतस्थित कोपिला भ्याली सेवा समाजको सहयोग  र प्रेस चौतारीका केन्द्रिय सदस्य कालि बहादुर मल्ल, एमालेका जिल्ला कमिटि सदस्य मैया मल्ल, पत्रकार ललित बिष्ट लगाएतको समन्वयमा एक कार्यक्रमका बिच बादि समुदायका परीवारलाई खाद्यान्न वितरण गरीएको हो ।  खाँडाचक्रमा रहेका वादी परिवारलाई राहात स्वरुप २५ केजीको १६ बोरा मसिनो चामल र २४० पिस १ पेटी नुहाउने साबुन  वितरण गरीएको  हो ।