भाद्र १६,कालिकोट। नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसमा आगामी नेत्तृत्वको लागि चर्चा परिचर्चा सुरु हुन थालेको छ । केन्द्रीय सह–महामन्त्रीमा नेपाली कांग्रेसका प्रभावशाली युवा नेता भुपेन्द्र जङ शाहीले उम्मेदवारी दिने भएका छन। पछिल्लो समय युवाबिच निकै लोकप्रिय बनेका शाही चर्का भाषण गर्ने नेता भन्दा पनि केहि न केहि काम गरेर देखाउने नेताको रुपमा परिचित छन् ।
नेबिसंघको तिन पटक केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय महामन्त्री, २०७० सालमा संविधानसभा सदस्यको उम्मेदवार, २०७४ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार भइसकेका शाही युवामाझ निकै लोकप्रिय छन् ।राजनीतिसँगै साहित्य र सामाजिक सेवामा सक्रिय रहेका शाही कर्णालीको कालिकोटमा जन्मिएर कठिन संघर्षबाट केन्द्रीय राजनीतिमा स्थापित हुन लागिपरेका छन्।
पछिल्लो समय ह्रदयघात भयर अप्रेसन गरेका शाही आफ्नो स्वास्थ्यको ख्याल नगरी दिनदुखीको सेवामा तल्लिन भएर निषेधाज्ञाले अप्ठ्यारोमा परेका १० हजार ब्यक्तिलाइ निशुल्क खाना बितरण अभियान सन्चालन गरेर निकै नै प्रशंसनीय काम गरेका छन्। सामाजिक सेवामा युवा नेताहरुमा अग्रपङ्तिमा देखिएका शाही सिन्धुपाल्चोकमा बाढिपहिरो पीडितलाई सहयोग गर्न पुग्ने एक्लो नेता हुन्। शाहीले गरेको सामाजिक कामले अहिले सामाजिक सन्जाल देखि युवा माझमा उनको छुट्टै छवी बनेको छ। कांग्रेसमा भुपेन्द्र जस्तो सहयोगी मन भएको उर्जाशील, कर्मशिल, क्रियाशील र गतिशिल नेताको आवश्यक्ता छ भनेर धेरैले टिप्पणी गरेका छन्।
‘नेपाली कांग्रेसको अगामि महाधिवेशनबाट पाटीमा आमुल रुपान्तरणको खाचो रहेको युवा नेता शाहीले बताएका छन्। उनले भने, ‘पार्टी अब पुरानो तरिका,गतिहिन, परम्परावादी, कामचलाउ पारा र यथास्थितिमा चल्न सक्दैन,अब पार्टीभित्रको गुटबन्दी,नातावाद, भागवण्डा, ब्यक्तिगत स्वार्थ, पदीय स्वार्थ र चाकडीवादको राजनीति अन्त्य हुनपर्छ।’
युवा नेता शाहीले अहिलेको युग सुचना प्रविधीको युग भएकोले पार्टिका नेताहरुले आम कार्यकर्ताको भाबना, जनताको चाहना, युगको माग र समयको चेतलाइ गम्भिर ढङगले बुझ्नु पर्ने बताए । युवा नेता शाहीले भने, ‘नेपाली कांग्रेसलाई मजबुत र ससक्त पार्टी बनाउन अब कांग्रेसमा संगठन सुद्दिकरण र सुदृढीकरणको अभियान चलाउनुपर्छ। पार्टीमा अब ब्यक्ति होइन बिचार, पद होइन पद्दति, सत्ता होइन समाज, नेता होइन नीतिको मुल मर्म र आदर्शमा आधारित मुल्य मान्यताको राजनीति स्थापित हुन अति आवश्यक भइसकेको छ । नेपाली कांग्रेसलाई अब समयको गतिसँग दौडिने जनताको मनमा बसिरहने गतिशील, कर्मशील र उर्जाशील पार्टी बनाउन सबै कांग्रेसीहरु एकताबद्ध भएर लाग्नुपर्छ।’
कम्युनिष्ट सरकारको अत्याचार र भ्रष्टाचारबाट जनता वाक्क भइसकेकोले बताउँदै नेता शाहीले यो सरकार पुर्ण रुपमा असफल भइसकेको बताए । उनले भने, ‘जनताले यो सरकारको बिकल्प खोजिसके यस्तो बेला नेपाली कांग्रेस पनि पुरानै ढर्राबाट चलेर हुँदैन बिगतका कमी कमजोरीहरुलाई सुधारेर अब नयाँ सोच, विचार,उर्जा, कार्यक्रम र नयाँ भिजनका साथ अगाडि बढेर जनताको आशा, बिश्वास र भरोसाको पार्टी बन्नपर्छ।’
नेपाली कांग्रेसका आशालाग्दा युवा नेताहरु मध्यमा पर्ने युवा नेता भुपेन्द्र जङ शाहीले आफु बिगत लामो समय भातृसस्थाको केन्द्रीय मुख्य जिम्मेवारीमा बसेर धेरै समय काम गरिसकेकोले अब आफ्नो ध्यान पार्टीको मुल राजनीतिमा नै केन्द्रीत रहेको बताए । नेपाली कांग्रेसको तर्फबाट आफु दुई-दुई पटक सांसदको उम्मेदवार भईसकेको नाताले पनि नेपाली कांग्रेसको सङगठनलाई गाँउस्तरसम्म पुगेर वडा–वडा, टोल–टोलसम्म निर्माण र बिस्तार गर्नु आफ्नो कर्तव्य र जिम्मेवारी रहेको शाहीले बताए।
उनले भने, ‘म ६ कक्षा पढ्दै गर्दा राजनीतिमा होमियको हुँ मलाई कुनै नीजि फाइदा र स्वार्थ छैन । जनताको सेवा, गाउँको बिकास र समाजको परिबर्तन नै मेरो मुख्य उद्देश्य हो । म कुनै पदको लागि भन्दा पनि आगामी निर्वाचनमा नेपाली कांग्रेसलाइ पहिलो पार्टी बनाउन कम्मर कसेर लाग्ने प्रण गर्दछु ।’ युवा नेता शाहीले अबको दिनमा पार्टीकै मुल राजनीतिमा होमिने बताए ।
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा कर्णाली प्रदेशको नागरिक हुनुको नाताले युवा नेता शाही नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापति वा पिछडिएको क्षेत्रबाट केन्द्रीय सह–महामन्त्रीमा उठ्ने प्रबल सम्भाबना रहेको छ। युवा नेता शाहीले भने, ‘अहिले आफु ह्रदयघात पछि फेरि समान्य जीवनमा फर्किएर संगठनको काम र केहि सामाजिक काममा लागिपरेको छु। कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुकहरुसंग छलफल मै छु, यदि पार्टी महाधिवेशनले गति लियो भने आफुले सबै नेता कार्यकर्ता र साथीहरुको सर–सल्लाहबाट छिट्टै नै औपचारिक रुपमै उम्मेदवारी घोषणा गर्नेछु।
karnalipress
१६ भाद्र २०७८, बुधबार ०५:४७