एमालेद्वारा संसद् बैठकमा अवरोध

काठमाण्डाै। नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ । एमालेले बर्खास्त गरेका १४ जना सांसदलाई हटाउनुपर्नेमा सभामुखले पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरूले बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै बैठक चल्न नदिएका हुन् ।

एमालेका सचेतक विशाल भट्टराईले एमाले फुटाउने मनसायका साथ संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याएकोमा आपत्ति जनाउनुभयो । उहाँले सभामुखले माओवादी केन्द्रले सांसद हटाउँदा उनीहरूलाई तत्कालै पदमुक्तको सूचना दिइहाल्ने तर एमालेले १४ जना सांसद हटाउँदा सभामुखले वास्ता नगरेको भन्दै विरोध जनाउनुभयो ।

एमाले विभाजनको लागि मतियार बनेको प्रमुख सचेतक भट्टराईले संसदमै सभामुखको आलोचना गर्नुभयो।अहिले सदनमा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका छन् । बैठक १५ मिनेटसम्मका लागि स्थगित गरिएकाे छ ।by-उज्यालो