
कालीकोट। जिल्लाको सदरमुकाम मान्ममा तिन दिने क्षमता अभिबृद्धि कार्यक्रम सुरु भएको छ । स्थानीय तहमा कार्यरत शिक्षा समुहका कर्मचारीहरुलाई शिक्षा प्रशासन तथा सूचना प्रणाली सम्बन्धि तिन दिने क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको हो । सामाजिक विकास कार्यालय कालीकोटको आयोजनामा क्षमता अभिबृद्धि कार्यक्रम सुरु भएको छ ।
सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख रक्षाने लुहारको अध्यक्षता जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजित शाहीको प्रमुख आतिथ्यता तथा खाडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाही र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको बिशेष आतिथ्यतामा ३ दिने क्षमता अभिबृद्धि कार्यक्रमको उद्घाटन गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि धनजित बहादुर शाहीले कालीकोटमा शिक्षाको गुणस्तर बृद्धिकालागि सवैको हातेमालो आवश्यक रहेको बताए । उनले ३ दिनसम्म सिकेका कुरालाई व्यवहारमा लागु गरि शिक्षा प्रर्णालीमा सुधार ल्याउन शिक्षकको महत्वपूर्ण भुमिका हुने भएकाले कार्यक्रम प्रभावकारी रुपमा संचालन हुनेमा आफु आशाबादी रहेको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले शिक्षालाई प्रविधिसंग कसरी जोड्न सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने बताए । उनले संघियताको कार्यान्वयन संगसंगै केही समस्या उत्पन्न हुने भएकाले सवैसंगको समन्वय आवश्यक रहेको औल्याए । कार्यक्रममा बोल्दै खाडाचक्र नगरपालिकाका उपप्रमुख गणेश बहादुर शाहीले पछिल्लो समय शिक्षाको गुणस्तर बृद्धि हुर्दै गएको जिकिर गरे । उनले आफु अध्यक्ष रहेको विद्यालयमा शिक्षाको गुणस्तर बृद्धिका लागि प्रविधिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
तिन दिन सम्म चल्ने क्षमता विकास कार्यक्रममा कार्यक्रम अनुगमन तथा सुपरिवेक्षण, सार्वजनिक खरिद प्रकिया, एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रर्णाली, उत्प्रेणा र तनाव व्यवस्थापन, निर्णय प्रकृया, टिप्पणी लेखन, लेखा परिक्षण र भाषिक शुद्धता, स्थानीय तथा प्रदेश स्तरमा रहेका शैक्षिक मुद्दा समस्या र समाधान, विद्यालय अनुगमन सुपरिवेक्षण, शिक्षा संग सम्बन्धित योजना, ऐन नीति नियम र कार्यविधिका विषयमा जानकारी गराईने छ । wत्यस्तै शिक्षको कार्यसम्पादन मुल्यांकन प्रकृया, स्थानीय तहको शैक्षिक सुधार तथा व्यवस्थापन सम्बन्धमा सामुहिक प्रतिवद्धता गरिने कार्यक्रमका अध्यक्ष एवं सामाजिक विकास कार्यालयका प्रमुख रक्षाने लुहारले बताए ।
karnalipress
२२ बैशाख २०८२, सोमबार १९:०७