दैलेखका ११ वटै पालिकाको नतिजा : एमाले १० र कांग्रेस ९ पदमा विजयी

जेठ ५,दैलेख।  स्थानीय तह निर्वाचन अन्तर्गत दैलेखका ११ वटै स्थानीय तहको मत गणना सकिएको छ। मतगणना सकिएसँगै अन्तिम मत परिणामसमेत सार्वजनिक भएको छ। सार्वजनिक मत परिणामअनुसार एमालेले प्रमुखरउपप्रमुख तथा अध्यक्षरउपाध्यक्षसहित १० पदमा जित हात पारेको छ।

एमालेले नारायण नगरपालिकाको प्रमुख उपप्रमुख, आठबीस नगरपालिकाको प्रमुख उपप्रमुख र दुल्लु नगरपालिकाकाको उपप्रमुख पद जितेको छ। यस्तै गुराँस गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष, डुङ्गेश्वर गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र ठाटीकाँध गाउँपालिकाको उपाध्यक्ष एमालेले जितेको हो।

नेपाली कांग्रेसले दुल्लु नगरपालिकाको प्रमुख, चामुण्डाविन्द्रासैनी नगरपालिकाको प्रमुख उपप्रमुख जतेको छ। यस्तै महाबु गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष, भैरबी गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष, ठाटीकाँध गाउँपालिकाको अध्यक्ष र भगवतीमाई गाउँपालिकाको उपाध्यक्ष कांग्रेसले जितेको छ।

माओवादी केन्द्रले दैलेखको दुई वटा स्थानीय तहको अध्यक्ष जितेको छ। माओवादीले नौमूले गाउँपालिका र भगवतीमाई गाउँपालिकाको अध्यक्ष जितेको हो। एकीकृत समाजवादी पार्टीले पनि एक स्थानीय तहको उपाध्यक्ष जितेको छ। एकीकृत समाजवादीले नौमूले गाउँपालिकाको उपाध्यक्ष जितेको हो।

यसैबीच दैलेखका ९० वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ। ९० वटा वडाहरुमध्ये एमालेले ३९ वटा वडामा वडाध्यक्ष जित हात पारेको छ। कांग्रेसले ३६,माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले ५, नेपाल मजदुर किसान पार्टीले ३ वटा वडाको वडाध्यक्ष जितेको छ। एक जना वडाध्यक्ष भने स्वतन्त्रबाट निर्वाचित भएका छन्।

हेर्नुस्, कहाँ कसले जितेरु

नारायण नगरपालिका

प्रमुख– लोमन शर्मा (नेकपा एमाले)

उपप्रमुख–तप्ताकुमारी खड्का (नेकपा एमाले)

आठबीस नगरपालिका

प्रमुख–तर्कबहादुर बडुवाल (नेकपा एमाले)

उपप्रमुख–कल्पनाकुमारी थापा (नेकपा एमाले)

दुल्लु नगरपालिका

प्रमुख–भरतप्रसाद रिजाल (नेपाली काँग्रेस)

उपप्रमुख–विना कार्की (नेकपा एमाले)

चामुण्डाविन्द्रासैनी नगरपालिका

प्रमुख– गणेशबहादुर शाही (नेपाली काँग्रेस)

उपप्रमुख –मनसराकुमारी शर्मा (नेपाली काँग्रेस)

नौमूले गाउँपालिका

अध्यक्ष–छविराम सुवेदी (नेकपा माओवादी केन्द्र)

उपाध्यक्ष गंगबहादुर–शाही (एकीकृत समाजवादी)

डुङ्गेश्वर गाउँपालिका

अध्यक्ष–सुन्दरकुमार केसी (नेकपा एमाले)

उपाध्यक्ष–कलावती न्यौपाने (नेकपा एमाले)

महाबु गाउँपालिका

अध्यक्ष–लछुमन गुरुङ्ग (नेपाली काँग्रेस)

उपाध्यक्ष–मञ्जुकुमारी शर्मा पाण्डे (नेपाली काँग्रेस)

गुराँस गाउँपालिका

अध्यक्ष–टोपबहादुर बिसी (नेकपा एमाले)

उपाध्यक्ष–शिवाकुमारी खड्का (नेकपा एमाले)

भैरबी गाउँपालिका

अध्यक्ष–रिता शाही (नेपाली काँग्रेस)

उपाध्यक्ष–देवी भण्डारी (नेपाली काँग्रेस)

ठाटीकाँध गाउँपालिका

अध्यक्ष–रक्षबहादुर शाह (नेपाली काँग्रेस)

उपाध्यक्ष–देवीराम बडुवाल (नेकपा एमाले)

भगवतीमाई गाउँपालिका

अध्यक्ष–गणेशकुमार थापा (नेकपा माओवादी केन्द्र)

उपाध्यक्ष–मिना कुमारी खड्का (नेपाली काँग्रेस)