रुकुमपूर्वको सभापतिमा रोका चयन

असोज १६,रुकुम।  नेपाली काँग्रेस रुकुमपूर्वको सभापतिमा केशरमान रोका निर्विरोध निर्वाचित भएका छन् ।  रोका यसअघि पनि जिल्ला सभापति थिए । सहमतिअनुसार रोकालाई पुनः सभापतिमा चयन गरिएको नेपाली काँग्रेस रुकुमपूर्वले जनाएको छ ।

रोका पूर्वसहायक मन्त्री भइसकेका छन् । उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाममगरलाई चयन गरिएको छ ।

जिल्ला कार्यसमितिको सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसीलाई चयन गरिएको छ । धनप्रताव बुढामगर र खडकबहादुर घर्ती सहसचिवममा निर्वाचित भएका छन् ।

जिल्ला कार्यसमितिको सदस्यमा सङ्गिता बुढामगर, बालकुमारी खड्का ९घर्ती०, रमुना विक, भरत घर्तीमगर, दलु बुढा, हुमलाल जैसी, बाबुराम कुँवर, मेखमाला बुढा, बसन्तकुमार बुढा, रामबहादुर नेपाली रहेका छन् ।

जम्मा १७ सदस्यीय जिल्ला कार्यसमित गठन भएको छ । सहमतिबाट जिल्ला कार्यसमिति चयन गरिएको छ । अव केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने तयारी भइरहेको बताइएको छ ।

जिल्ला अधिवेशनबाटै २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरिने निर्वाचन अधिकृत ईश्वरीप्रसाद ज्ञवालीले जानकारी दिए ।