अभिभाबक बिहीन बालबालिकाहरुकाे संरक्षणमाःउपाध्यक्ष सिंह

असार १५ ,कालिकोट। जिल्लाकाे सान्नीत्रिबेणी गाउँपालिका उपाध्यक्ष पार्बति सिंहले जाेखिममा रहेका ७ जना बालबालिकाहरुकाे संरक्षण गर्ने घाेषणा गरेकी छन् । बुधबार आफ्नाे जन्मदिनको अबसरमा उनले सान्नीत्रिबेणी गाउँपालिका वडानं १ र २ का सात जना अभिभाबक नभएर जाेखिममा परेका बालबालिकाहरुकाे संरक्षणकाे जिम्मा लिने घाेषणा गरेकी हुन् ।

सान्नीत्रिबेणी गाउँपालिका वडानं २ का ९ बर्षिया उमेश तिरुवा, वडानं १ का ८ बर्षिया दैबन लुवार, ४ बर्षिया सर्मिला सार्की, ८ बर्षिया भरत सार्की, ९ बर्षिया सम्राट गिरी, ९ बर्षिया प्रतीक्षा बाेहाेरा र ४ बर्षिया अमित बाेहाेराकाे संरक्षण आफुले गर्ने उपाध्यक्ष सिंहले घाेषणा गरिन । उनका अनुसार उनीहरु हाल बालहित सेवा समाजले आसय दिएर सान्नीत्रिबेणी गाउपालिका वडा नं १ मा रहेकाे गिभटेड एजुकेसन एकेडेमीमा अध्ययनरत छन् । उनीहरुलाई बुधबार व्यक्तिगत रुपमा जन्मदिनको अबसरमा दस हजार नगर सहयाेग गरेकी छन् ।

उपाध्यक्ष सिंहले लक्षित बर्गकाे बजेटबाट पालिकाभरीमा अभिभावक गुमाएर जाेखिममा परेका बालबालिकाहरुलाई नीतिगत रुपमा व्यवस्था गरि पालिकाबाट सहयाेग गर्ने बताईन् । उनले भिनिन्, हामी बालमैत्रि पालिका बनाउने छाैँ ।

कुनै पनि बालबालिकाले आफ्ना अभिभाबक गुमाएर जाेखिममा पर्दा सहारा बिहीन हुन नपराेस । त्यसका लागि पालिकाभरीमा जाेखिममा रहेका बालबालिकाहरुकाे तथ्यांक संकलन गरि आबश्यक पहल लिनेछु । उपाध्यक्ष सिंहले बिगतका बर्षहरुमा पनि आफ्नो जन्मदिनको अवसरमा गरिब, दिनदुखी, मृगौला पीडित र अन्य समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्दै आएकी थिईन् ।