एम्वुलेन्स चालकको मनमरी साईरन वजाउदै नुन ओसार्दै

 मङ्सिर ९ कालीकोट। एम्बुलेन्सको काम बिरामी बोक्ने हो तर जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटको एम्बुलेन्सले नुनका बोरा ओसार्ने गरेको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोट बाट जिते छहरामा सुत्केरी विरामी सहित ४ बोरा नुन ओसारेको हो ।

विरामी बोक्नुको सट्टा एम्बुलेन्सले नुनका बोरा ओसार्ने गरेको सुचना स्थानीयले दिएपछि पत्रकारले एम्वुलेन्स रोकेर हेर्न खोज्दा चालकपुरन खड्काले ढोका नै नखोलेर एम्वुलेन्स साईरन दिदै भगाएका थिए । यो घटना मङ्सिर ८ गते बिहानको हो ।

बिरामी बोक्ने एम्बुलेन्स पहुँवालाका विरामी र उनीहरुलाई चाहिएको सामाग्री बोक्ने गरेको छ । पहुँचवालाहरुले एम्बुलेन्समा विरामी सहित नुन र विभिन्न मालसामान बोक्न प्रयोग गर्दै आइरहेको सुचना पाएपछि पत्रकारले समेत त्यसको पिछा गरेका थिए । तर के गर्नु एम्वुलेन्स भित्र नुन राखेको देखेका पत्रकारले समेत चालकको दादागिरीका कारणले फोटा र भिडियो किलिप लिन सकेनन ।

एम्बुलेन्सले बिरामीको सट्टा नुनका बोरा र अन्य निजी सामाग्री एम्वुलेन्सवाट झारिसकेको तस्बिर जिल्लाका संचारकर्मीले राखेका छन । विगतदेखि नै एम्बुलेन्सले बिरामी बोक्न छाडेर यस्तै सामाग्री ओसार–पसार गर्ने गरेको नागरिकले गुनासो गरेका छन ।

यता जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रत्नविर सुनारले पत्रकारलाई अलि बिचार गर्न समेत अनुरोध गरेका थिए । बिरामी संगै बिरामीका लागि चाहिने नुन लिएको होला, त्यसलाई ठुलो बिषय नवनाउन अनुरोध गर्नु भएका प्रमुख सुनारले अन्तिममा आफ्नो कमजोरी भएको स्विकार गर्नु भएको थियो ।

एम्बुलेन्सले नुनमा बोरा लिएको जानकारी स्वास्थ्य सेवा कार्यालय कालीकोटलाई संचारकर्मीले दिएका थिए । संचारकर्मीलाई स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले एम्बुलेन्स जितेतिर नगएको प्रतिक्रिया दिनुभएको थियो । उहाँले पत्रकारले एम्वुलेन्सको पिछा गरेको अत्तो नपाएर आफ्नो र आफैले नियुक्त गरेको चालकको कम्जोरी लुकाउन जिते तिर एम्वुलेन्स नगएको भन्दै म्यासेज सम्म गर्नु भएको थियो ।

महतले दिएको प्रतिक्रिया लगत्तै पुन एम्बुलेन्स सुत्केरी महिलालाई जितेसम्म पु¥याउन गएको नुन नलिएको सम्म जिकिर गर्नुभयो । तर एम्बुलेन्सले विरामीसहित ४ बोरा नुन लिएर जितेमा उतारेको तस्वीर र भिडियो कैद गरिसकेका थिए ।

पत्रकारलाई छलेर एम्वुलेन्स भगाएका चालकलाई रोक्न जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुखलाई समेत जानकारी गरिएको थियो । तर सुचना प्रहरी चौकी हुल्म नपुग्दै एम्वुलेन्स पोस्ट पार गरिसकेको प्रहरीले सुचना दिएको थियो ।