बन्दले कालिकोटका यातायात ठप्प

भाद्र ७,कालिकोट ।  नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले आज गरेको वन्दको प्रभाव कालिकोटमा पनि परेको छ । सरकारले आफ्ना नेतालाई बिभिन्न मुद्धा लगाएको र अदालतवाट पक्राउ पुर्जि समेत जारी भएको बिरुद्धमा नेकपाले नेपाल वन्दको घोष्णा गरेको थियो ।

वन्दले कालिकोटमा यातायातका साधन भने पुर्ण रुपमा ठप्प भएका थिए । वजार भने सामान्य तया खुलेपनि यातायात सबै भन्दा वढि मारमा परेको वताईको छ । आफ्ना माग पुरा गराउन राजनिति दलहरुले वन्दको आयोजना गर्ने चलनका रुपमा बिकास भएको छ । आजको वन्द नेकपा संगै नेकपा माओवादी समाजवादी,नेकपा रिसिकटेल समुह,वैज्ञानीक समाजवादी पार्टी आहुतीले सयुक्त रुपमा गरेका थिए ।