निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न आयोगको आग्रह

बैशाख ११,कालिकोट। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कालिकोट जिल्ला स्थित राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आयोगकोले आग्रह गरेको छ।

मुख्य निर्वाचन कार्यालयको आयोजनामा शनिवार जिल्ला समन्वय समितिमा आयोजित स्वच्छ,निष्पक्ष तथा भयरहित स्थानीय निर्वाचनका लागि सरोकारवालाको भूमिका र प्रतिबद्धता बिषय अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले सो प्रतिद्धता जाहेर गर्न आयोगकोले आग्रह गरेको हो।

मुख्य निर्वाचन अधिकृत लाल काजी श्रेष्ठले बैशाख ३० गते हुने  स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र,स्वच्छ निष्पक्ष तथा भयरहित बाताबरणमा सम्पन्न गर्न र निर्वाचन आचारसंहिता पालना गर्न गराउन सबै पार्टीका प्रमुख प्रतिनिधिहरुको मुख्य भूमिका रहने भएकाले आसन्न स्थानीय निर्वाचनमा आचारसंहिता पूर्ण रुपमा पालना गर्न आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले आम नागरिकको भोट हाल्ने अधिकार सुनिश्चित गर्न निर्वाचन आचारसंहिता पूर्णपालना गरनु पर्ने बताए । बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित बनाउन राजनीतिक दलसँग गरिएको सर्वपक्षीय बैठकमा जिल्लास्थित राजनीतिक दलका नेताहरुले निर्वाचन कार्यालय,निर्वाचन अधिकृत,सुरक्षानिकाय, पत्रकार लगायतको उपस्थितीमा निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न आयोगको आग्रह गरिएको थियो।