श्रमजीवी-पत्रकार संघ कर्णाली प्रदेश समिति गठन अध्यक्षमा सेजुवाल

फागुन १८सुर्खेत। श्रमजीवी-पत्रकार संघ, नेपालकाे कर्णाली प्रदेश कमिटी गठन भएकाे छ ।पत्रकार विवशकुमार सेजुवालकाे नेतृत्वमा २१ सदस्यीय प्रदेश समिति घाेषणा गरिएकाे हाे । केन्द्रीय अध्यक्ष जन्मदेव जैसीकाे प्रमुख आथित्यतामा घाेषणा कार्यक्रममा १० जिल्लाका पत्रकारहरुकाे प्रतिनिधित्व थियाे ।

कार्यक्रममा अध्यक्ष जैसीले संगठनकाे उद्देश्य, गठनकाे एक वर्षमा भएका प्रगति विवरण, र कर्णाली प्रदेशमा संगठनले निर्वाह गर्ने भूमिका विषयमा स्पष्ट गरेका थिए ।पत्रकार महासंघका महासचिव खगेन्द्र भट्टराई, जिल्ला अध्यक्ष ललित वस्याल, समाजवादी प्रेस नेपालका सुर्खेत अध्यक्ष देव रानालायतले नवनिर्वाचित अध्यक्षलगायतकाे टिमलाई बधाईसहित सफल कार्यकालकाे शुभकामना दिए ।

विवशकाे अध्यक्षतामा यसै साता २१ सदस्यीय समितिकाे बैठक बसी पदाधिकारी चयन तथा प्रदेश समितिले कर्णालीमा चाल्ने आगामी कदम र याेजना पनि तय गर्ने नवनिर्वाचित अध्यक्ष सेजुवालले वताए ।समितिकाे सल्लाहकारमा देवीराम देवकाेटा,कृष्णराज धमाला,रमेश रावल,ललित बस्याल रहेका छन् ।