कालिकाेटकाे शुभकालिकामा माओवादी केन्द्रका आचार्य विजयी

ललित बिष्ट जेष्ठ २,कलिकाेट। कालिकोट  जिल्लाकाे शुभकालिका गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार गाेविन्द आर्चाय विजयी भएका छन्।

आर्चायले २ हजार ४ सय ९ मत ल्याएर विजयी भएका हन् । आर्चायका प्रतिद्वन्द्वी नेकपा एमालेका  भरतराज धितालले  १ हजार ५ सय ९५ मत प्राप्त गरेका छन्।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका  धर्मा शाही विजयी भएकि छन् । शाहीले २ हजार ३४ मत प्राप्त गरेकि छन् ।

शाहीका प्रतिद्वन्द्वी नेकपा एमालेका लछु चौलागाईले १ हजार ३ सय ६१ मत प्राप्त गरेकि छन् । शुभकालिका गाउँपालिकाको वडा नं. १, ५ र ७  नेपाली कांग्रेस, २,६ र ८ मा माओवादी केन्द्र ३ मजदुर किसान र ४ मा नेकपा एमालेका वडा अध्यक्ष विजयी भएका छन् ।