कालिकोट दक्षिण कोरिया समाज गठन

माघ २७,कालिकोट । कालिकोटमा स्थायी घर भई हाल दक्षिण कोरियामा कार्यरत युवाहरूले कालिकोट दक्षिण कोरिया  समाज गठन गरेका छन् । कालिकोटमा भैपरि आउने अप्ठ्यारालार्ई  सहज बनाउन र एक आपसमा सुमधुर सम्बन्ध बनाउन तथा आफ्नो गाऊँ ठाऊँमा सामाजिक कार्यगर्ने उदेश्यका साथ उनीहरूले समिति गठन गरेका हुन ।

समितिका संस्थापक पदाधिकारिहरुमा १३ जना रहेका छन् । दक्षिण कोरियामा आज भएको एक भेलाले समाज गठन गरेको बताइएको छ। भेलाले अध्यक्षमा गोपाल बहादुर शाहि,सचिव सत्यप्रसाद भट्टराई,बरिस्ठ उपाध्यक्ष बिनोद रङदास,उपाध्यक्ष राम बहादुर राना,महासचिव प्रकाश चौलागाइ,मदन शाहि,सदस्य अकल बोगटिलगायत रहेका छन् । लामो समयदेखि दक्षिण कोरियामा कार्यरत प्रकाश सिंह र सर्जन रावतलगाएतको पहलमा गठन गरिएको छ ।

कालिकोट दक्षिण कोरिया समाज गठनमा दक्षिण रहेका मनिकेष भट्टराईको अध्यक्षता,ललितजंग रानाको प्रमुख आथित्यता तथा पूर्णप्रसाद भट्टराई विषेश आथित्यतामा कार्यक्रम गरीएको थियो । कालिकोटको एकता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ कालिकोट दक्षिण कोरिया सेवा समाज गठन गरीएको छ ।