
माघ २६,कालिकोट। कालिकोट जिल्लाको दुर्गम ठाउँ भनेर चिनिने क्षेत्र पलाँतामा पछिल्ला पाँच वर्षहरुमा उल्लेखनीय कामहरु भएका छन् ।
विकासका सम्पुर्ण पुर्वाधारहरुमा प्रगती भएको उक्त क्षेत्रलाई अहिले दुर्गम ठाउँ भन्न मानिसहरू सक्दैनन् जहाँ विकास हुनुको पछाडी युवा नेतृत्वको वर्चस्व छ। उक्त क्षेत्रको विकासका केही महत्त्वपूर्ण सारांशमा भन्नुपर्दा यसरी औल्याउन सकिन्छ ।
१) बेसाहारा टुहुरा र सडक बालबालिकाको ब्यबस्थापनका लागि सहिद स्मृति आवासिय विद्यालय संचालन,कर्णालि नदिबाट गाडि तारेर स्थानियलाई यातायातको सुबिधा दिएका छौँ।
२) भौगोलिक कठिनाईलाई मध्यनजर गर्दै ९ वटा वडामा १२ वटा स्वास्थ्य संस्था स्थापना ६ वटा बर्थिङ सेन्टर र चिकित्सक सेवा सहित पलाँता अस्पताल संचालन गरेका छौँ।
३) स्थानिय स्थरमा संचारको पहुँज पुर्याउन स्थानिय रेडियो पलाँता आबाज संचालन।
४) खानेपानी र सरसफाइका लागि जनचेतनामूलक कार्यक्रम सहित एक घर ,एक चर्पि,एक घर,एक धारा र एक टोल एक खानेपानि ट्याङ्की निर्माण कार्यमा तिब्रता दिदै ९० प्रतिसत काम सम्पन्न १ हजार ३ सय ५२ धारा र ६७ बटा ट्याङ्की र ३६ बटा खानेपानी आयोजना निर्माण भएका छन् ठुला २४ किलोमिटर देखि साना ५०० मिटर सम्मका मुहान एकीकृत गरेर खानेपानी आयोजना निर्माण गरेका छौँ।
५) एक वडा,एक कृषि पकेट क्षेत्र घोषणागरि माटो परिक्षण गरेर स्याउ,ओखर,सुन्तला,केरा,आँप,अनार,अम्बा,जैतुन,नास्पति,अंगुर,अलैचि जस्ता प्रति वर्ष एक लाख बिरुवा कृषकलाई बितरण र बिर्क्षारोपण गरेका छौँ,भने तरकारीमा आलु,सिमि,लसुन,प्याजपकेट क्षेत्र बनाएर उत्पादनमा अनुदान र त्यस्को बजारिकरणका लागि संकलन केन्द्र र रस्टिक स्टोर निर्माण गरेका छौँ,साथै भैंसी,भेडा र बाख्रा पकेट क्षेत्रमा कृषि समूह बनाएर ३१ कृषकलाई भैंसी २५ जनालाई बाख्रा र ४२ जनालाई भेडाका लागि अनुदान उपलब्ध गराएका छौँ।
६) स्थानीय सरकार स्थापना पछि शून्य प्वाइन्टबाट सडक खन्न सुरु गरेर ७३ कि.मि सडक खनेर ट्याक्टर र जिप ड्रम माथि आफ्नै सिर्जनशिलता बाट नदिमा तारेर संचालनमा ल्याएर ३० रुपैयाँ केजिमा पुग्ने ठाउँमा ३ रुपैयाँमा सामान पुगाउन सफल भएका छौँ।
७) बहुउद्देश्यीय पानी पर्णालिको सुरुवातगरि एक,घर,एक,करेसा वारि,एक,टोल,एक नर्सरि बनाउन सफल हुनुका साथै भुई कुलालाई पक्कि कुलामा रुपान्तरणगरि पदाला बिस्तापित र दैनिक कुलो बनाउने समस्याको अन्त्यगरि सानो पानिले ठूलो भुभाग सिचाईगरि उर्बराशक्ति बढाएका छौँ र भोकमरिको अन्त्य गराएका छौँ।
८) युवालाई बेरोगार बाट रोजगार बनाउन क्वान्टिटि बेसमा १०० जना युवालाई निर्माण कार्यदल बनाएर रोजगारी,यस्ले गर्दा ठुला बहु बर्षिय र जोखिम रहित आयोजना निर्माण,गाउँपालिकाबाट गाडिचालक तालिम दिइ युवालाई गाउँपालिकामै रोजकारी सम्पन्न गगरेका छौँ।
९)बिधुतमा पाँच वटा लघु आयोजना बाट २५० किलोबाट बत्ती उत्पादन गरि ८५ प्रतिसत घरधुरिमा बत्ती बालेका छौँ, भने सबै वडामा लाईन बिस्तार को काम सम्पन्न गरेका छौँ।
१०) शिक्षामा निजिकरण र ब्यापारिकरणको पुर्ण अन्त्य टोल,टोलमा बाल शिक्षा गाउँ,गाउँमा बिद्यालय र प्रत्यक वडामा मा.बि विद्यालय स्थापना गरेर ५३ शिक्षण संस्था स्थापना गरेका छौँ,भने ४७ बटा पक्कि भबन निर्माण गरेका छौँ,एक मा.बि एक खेल शिक्षक,एक खेल मैदान,एक पुस्तकालय,एक पुस्तकालय सहजकर्ता ,एक कम्प्युटर ल्याप ,एक कम्प्युटर शिक्षक, पुर्ब जनमुक्ति सेना अनिवार्य चौकिदार , अङ्ग्रेजी माध्याम पढाइ , बिज्ञान प्रयोगशाला अनिवार्य साथै शिक्षक बिद्यार्थी निरन्तरतामा जोड दिदै समानुपातिक र समावेशीताको आधारमा विकास गरिएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम (पलाँति कान्छा)ले कर्णालि प्रेसलाई जानकारी दिए।



karnalipress
२६ माघ २०७८, बुधबार २०:४८