
माघ २१,कालिकोट। कालिकोट जिल्लामा बिहीबार साझदेखि वर्षासँगै भारी हिमपात भइरहेको छ । बिहीबार रातीदेखि परेको पानि र हिउँले कर्णाली राजमार्ग समेत अवरुद्घ भएको हो ।
मान्म बजार सम्मपरेको हिउँले जिल्लाभरको जनजिवन प्रभाबित भएको छ । जिल्लाको सदमुकाम मान्म बजार लगाएत जिल्लाको ९ वटै स्थानीय तहको उच्च भू–भागहरुमा भारी हिमपात भएको हो ।
खाँडाचत्र नगरपालिकाको मान्मबजार,पिलि,चुलि,तिलागुफ नगरपालिकाको नाग्म,गाल्जे,रास्कोट नगरपालिकाकाको सिप्टीलेख, शुभकालिका गाउँपालिकाको हाउडि,भर्ता,नरहरीनाथ गाउँपालिकाको सुनथराली लेकाली भेग,पलाँता गाउँपालिकाको बान्वडा,धुराको माथिल्लो भूभाग, लगायतका क्षेत्रमा भारी हिमपात भइरहेको छ । यस्तै पचालझरना गाउँपालिकाको पुग,सान्नीत्रिबेणी गाउँपालिकाको पाटन,मुम्रा,महावै गाउँपालिकाको महावु लेखलगाएतका क्षेत्रमा भारी हिमपात भएको छ ।
जिल्ला सदरमुकाममा भने झण्डै २ वर्षपछि हिमपात भएको हो । यसअघि कालिकोट जिल्ला सदरमुकाममा २०७६ सालमा भारी हिमपात भएको थियो । मान्म देखि जुम्ला सम्मको क्षेत्रमा भारी हिमपात हुँदा यातायात सेवा र बिधुत सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए ।
हिउँ परेसँगै जिल्लाभर अत्याधिक चिसो बढेको छ । रातिदेखि हिमपात सुरु भएपछि कालिकोटको जनजीवन कस्टकर बनेको छ । हिमपातले चिसो बढेको छ । चिसोमा विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गोठाले किसान बढी प्रभावित भएका छन् । कालिकोटसहित कर्णालीका जुम्ला,हुम्ला,मुगु,डोल्पा,दैलेख,कालिकोट लगाएतका जिल्लामा भारी हिमपात भएको छ ।



karnalipress
२१ माघ २०७८, शुक्रबार १०:२६