
कालिकोट । नेपाल निजामती कर्मचारी यूनियन कालिकोट जिल्लाको ८ ओैं जिल्ला अधिवेशनबाट अविराज शाही लाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ ।
त्यस्तै पदाधिकारी खुल्ला उपाध्यक्ष मा जसेन्द्र बहादुर शाहि महिला उपाध्यक्ष सिर्जना शाहि समावेशी उपाध्यक्ष मा हेमराज बि क,सचिवमा दर्ब बहादुर शाहि सह(सचिब कुल प्रसाद न्यौपाने,कोषाध्यक्ष कमल बहादुर बम,सदस्य मा माधब प्रसाद पाण्डे लगायत ७१ सदस्य गठन गरिएको छ।महाधिवेशन प्रतिनिधि नरदल बुढा ,खडानन्द्र पाण्डे,धिर बहादुर शाही,धिरेन्द्र केसि,पदमा शाही लाई प्रतिनिधि छनोट गरिएको सदस्य माधव पाण्डे बताए ।
उक्त कार्यक्रमका नेपाली काँग्रेस कर्णाली प्रदेश सदस्य दमन बहादुर शाहीको प्रमुख आतिथ्यता,नेपाली काँग्रेस कालिकोट जिल्ला उप(सभापति नन्द बहादुर शाही ९घमन०को विशेष आतिथ्यता,नेपाल निजामती कर्मचारी यूनियन केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का ,हरि क्षेत्री ,कृष्ण सेजुवाल लगाएतको सहभागीता रहेको थियो ।



karnalipress
१० पुष २०७८, शनिबार १८:५३