नरहरिनाथ ९ को अध्यक्ष पदमा एमालेका बोहरा विजयी

जेठ,२ कालिकोट।  कालिकोटको नरहरिनाथ गाउँपालिका वडानं -९ को अध्यक्ष पदमा एमालेका प्रदिप बोहोरा विजयी भएका छन् । ४ सय ४२ मत प्राप्त गरि बोहोरा विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी माओवादी गठबन्धनका अम्मर बहादुर शाहीले ४ सय १२ मत प्राप्त गरेका छन,भने  नेपाली कांग्रेसका गणेशबहादुर शाहीले ३ सय २७ मत प्राप्त गरेका हुन्।

यस्तै खुल्ला सदस्यमा एमालेका दानबाहदुर शाही,दलित महिला सदस्यमा नेपाली काग्रेसका भरु दमाई, महिला सदस्य जया बोहोरा र खुल्ला सदस्यमा बलि बोहोरा विजयी भएका हुन्।

नरहरिनाथ गाउँपालिका वडानं -९ को अध्यक्ष पदमा एकातिर गठबन्धन र र्अको तिर आफ्नो वडामा उमेरले सानै भएकाले धेरै चुनैतिका साथ आफ्नो विजयी भएको अध्यक्ष प्रदिप बोहोराको भनाई छ ।उनले आफ्नो एजेन्डा र पहिला गरेका प्रतिबद्घता पुरा गर्नेगरी अगाडि बढने बताए।

२५ बर्षका युवाले जित हासिल गर्दा सबै नागरी खुसी भएका छन्। उक्त वडामा १ सय ७५ बदर भएको छ ।