
२८ पुस, कालीकोट। नेकपा एमाले कालीकोटको दशौ जिल्ला अधिवेशन उद्घाटन भएको पाँच दिन पुगेको छ । पाँच दिन पुगेपछि वल्ल बिहवार निर्वाचन हुन लागेको हो । अध्यक्षका पाँच जना आकाँक्षि मध्य तीन जना आफ्नो अडानवाट पछि हटेपनि दुई जनाले दावी कायमै राखेकाले अध्यक्ष लगाएत पदाधिकारीमा मतदान हुन लागेको हो ।
नेकपा एमाले कालीकोटमा अव प्रष्टरुपमा दुई समुह देखा परेको छ । एमाले सस्थापन समुह र दश वुद्धेपछि समायोजन भएका गरी दुई समुह देखिएको छ । एमाले सस्थापन पक्षवाट खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डे लगाएतको चुनावी मोर्चा वनेको छ भने दशवुद्धे पछि एमालेमा फर्किएका रमेश कुमार शाही शाहीले पनि सस्थापनवाट टिकेट नपाएकालाई साथमा लिएर अर्को समुह नै खडा गरेर चुनावी मैदानमा उत्रिएका छन ।
अध्यक्षका आकाँक्षी दयाराम सिम्खडाले समहमतीका लागि भन्दै आफु पछि हटेपनि चार जनाले उम्मेदवारी नै दर्ता गराएका थिए । उम्मेदवारी दर्ता गराएका तुलाराज मल्लले सहमतीमै फिर्ता लिनु भएको छ भने धिरवहादुर बमले फिर्तासंगै अध्यक्षका अर्का उम्मेदवार रमेश कुमार शाहीलाई समर्थन गर्नुभएको छ ।
अध्यक्षका चार जना उम्मेदवारवाट दुई जना मात्र वाँकी रहेकाले अव भने चुनाव पक्का हुने भएको हो । एक हप्ता सम्म कुनै पनि निचोड नआउदा मतदाता अर्थात गाउँवाट छानिएर आएका प्रतिनिधि आक्रोषित भएका छन । हप्ता दिन सम्म सहमती गर्ने भन्दै प्रतिनिधिलाई अलमलमा पारेपछि आक्रोषित भएका हुन ।
केही प्रतिनिधि सहमती हुन्छ भन्दै घर घर गईसकेका थिए । तर वुधवार बिहान ८ वजेवाट मतदान गर्ने भन्दै गाउँवाट वोलाईएको थियो । आज पनि मतदान नभएकाले बिहवार सम्म प्रतिनिधिले रोकिनु पर्ने छ । चुनावमा ७ सय ११ जना प्रतिनिधिले भाग लिने भएका छन । बिहवार बिहानवाट मतदान सुरु हुने निर्वाचन कमिटिले जनाएको छ ।



karnalipress
२८ पुष २०७८, बुधबार १९:४६