
चैत्र १३,कालिकोट । कालिकोट सदरमुकाम मान्ममा वषेनि खाने पानिको पिरलो हुने गरेको छ । खानेपानी कार्यालयमा पहुँच वालाहरुको हालि मुहाली भएपछी वजार वासिहरुले खानेपानीका समस्या बर्षैउ देखि भोक्नु परेको छ ।
आईतवार खाँडाचक्र नगरपालिकावासी नागरीकले खानेपानिका पाइप काटेर वडा नम्बर—१ को वडा कार्यालयमा बुझाएका छन । खानेपानिमा पहुँचवालाहरुले खानेपानीको ट्याङकीबाट पाइप नजोडेर सिधै चोरी लाइन घरघरमा ल्याएर वजारका धाराहरुमा पानी नआएपछी बजारवासीले निरन्तर जोडिएका चोरिका खानेपानीका पाइपहरु काटेर वडा नम्बर १ को वडा कार्यालयमा वुझाएका हुन ।
चोरी गरेर घरमा निरन्तर पानीका धारा जोडिएका लाइनहरुले गर्दा वजारका धाराहरुमा पानी नआउने समस्या वर्षीदेखी रहेकाले पाइप काटेर वडा कार्यालयमा बुझाइएको स्थानियको भनाई छ ।। नागरिकको मौलिक अधिकार भित्ररहेको खानेपानी खान पाउन भनी पटक पटक प्रशासन, नगरपालिका र खानेपानीलाई ध्यानाकर्षण गर्दापनी धारामा पानी नआउदा स्थानियले पाइप काटेर बुझाएका छन ।
karnalipress
१३ चैत्र २०७८, आईतवार १९:२६