माधव नेपाल पक्ष सरकारमा नजाने

श्रावण १३ ,काठमाडौँ: एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ ।बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सत्तापक्षीय बैठकमा नेता नेपालले आफूहरु सरकारमा सहभागी नहुने सन्देश पठाएका हुन् ।

बुधबार बालुवाटारमा कांग्रेससहित शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने विभिन्न ५ दलका नेताहरु छलफलमा थिए ।सोही बैठकमा नेता नेपालले आफ्नो समूहका नेता विजय पौडेल मार्फत सरकारमा सहभागी नहुने सन्देश पठाएका छन्।