पहिरोले कर्णाली राजमार्ग अवरुद्व

ललित विष्ट,

असार २२,कालीकाेट।
कालिकोट —वर्षाले आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने गगने खाेलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

दैलेख–कालिकोटखण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन रोकिएकाे जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

दहीखोला र कालिखोलाको बीचकाे गगने खाेला दैलेख खण्डकै पादुका लगाएका ठाउँमा सडक अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले बताए ।

उनका अनुसार अहिले पनि गगनेखोलामा ठूला ढुङगा खसी रहेकोले राजमार्ग खुलाउन नसकिएको बताइएको छ। यस्तै कालिकोटको टाकुल्ला,खल्लाघाट,सेरिघाट र गग्लीलगाएको ठाउँमा पनि सडक अबरुद्ध भएको छ।

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतबाट जुम्ला र कालिकोटका लागि हिँडेका यात्रुहरू अलपत्र परेका छन् ।