
कार्तिक ६,कालीकोट। नेकपा एमाले कालीकोटका सबै वडामा अधिवेशन सुरु भएका छन । जिल्लाका नौ वडा स्थानीय तह भित्रका ८२ वटा वडाका अधिवेशन सुरु भएका छन । नेकपा एमाले केन्द्रले सबै स्थानीय तहका ६ हजार भन्दा वढी वडामा आजै अधिवेशन गर्न निर्देशन गरेपछि कालीकोटका सबै वडाका अधिवेशन सुरु भएका छन ।
जिल्लाको रास्कोट नगरपालिका नौ वडा अधिवेशनका लागि तीन ठाउँमा कार्यक्रमको आयोजना सम्पन्न भएका छन । वडा नं १, २ र ३ को वडा नं २ सिपखानामा नगर इन्चार्ज दयाराम सिम्खाडाको प्रमुख आथित्यतामा अधिवेशन सम्पन्न भएका छन भने वडा नं ४, ५, ६ र ७ को आरसिपी वजारमा प्रदेश सदस्य गगनवहादुर शाही उषाकिरणको प्रमुख आथित्यता र वडा नं ८ र ९ को राष्ट्यि सभा सदस्य तथा प्रदेश कमिटिका सदस्य नरपति सुनारको प्रमुख आथित्यतामा अधिवेशन सम्पनन भएका छन । नेकपा एमालेले आफ्ना वडा कमिटिलाई औपचारिक रुपमा अनुमोदन गरेको छ ।
यस भन्दा अगाडी वडाका कमिटि वनिसकेकाले उनै कमिटिलाई अनुमोदन गरेको छ भने केही वडामा मात्र नयाँ नेतृत्व चयन गरिएको छ । रास्कोट वडा नं १, २ र ३ को सभालाई सम्वोधन गदै एमाले रास्कोट नगरपालिका इन्चार्ज दयाराम सिम्खाडाले पार्टी एमाले र चिनाव चिह् सुर्य भन्दा दायावाया गर्ने मान्छेले इतिहास ठुलो धोका पाउने र उ भोलीका दिनमा निकै पछुत्ताउने वताउनुभयो । उहाँले बिकास गर्ने वेला आफ्नो चाजोपाँचोमा लाग्ने चुनावका वेला बिभिन्न योजना दिन्छौ्र भन्दै गाउँमा आउने मौसमीहरुलाई चिन्न पार्टीका कार्यकर्तालाई अनुरोध गर्नुभयो ।
भेलामा जिल्ला कमिटि सदस्य हरसिग बिक, आसोक कुमार शाही, दिपकराज सिमखडा लगाएतका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो । रास्कोटको वडा नं १ देखि नौ सम्मका अध्यक्षहरुमा वडा नं १ कबिप्रसाद संज्याल, २.नमराज चौँलागाई, ३.धन सार्की, ४.लंक संज्याल, ५.रण बहादुर शाही, ६.परेक ब. बम, ७.अनिपाल महतारा ८.देविसरण न्यौपाने र ९.रंग ऐडि अध्यक्षमा सर्वसम्वत भएका छन । सबै वडाहरुमा एमाले बिधान अनुसार ३१ सदस्य चयन भएका छन ।
यस्तै खाँडाचक्र नगरपालिका वडा नं ३ र ४ मा नेकपा एमालेका केन्द्रीय स्कुल बिभागका सदस्य तथा कर्णाली प्रदेश कमिटिका सदस्य मिनवहादुर शाहीको प्रमुख आथित्यतामा अधिवेशन सम्पन भएका छन । वडामा आयोजित अधिवेशन बिषेश भेलामा वोल्दै नेता मिनवहादुर शाहीले नेकपा एमाले जनताको पार्टी भएकाले जनताले रुचाएको र नेता भन्ने अवसरवादीहरुले मात्र एमालेको बिरोध गरेको वताउनुभयो । उहाँले एमाले फुटेको छैन ।केही गलत मान्छेहरु , गलत मनसायका मान्छेहरुले आफ्नो कर्तुत लुकाउनका लागि अर्को पाटी खोलेर नेता वन्न चाहेको वताउनुभयो ।वडा नं ३ मा ददिराम पाण्डे अध्यक्षतामा ३१ सदस्य र वडा नं ४ ३ दिपक बि.क,को अध्यक्षतामा ३१ सदस्य वडा कमिटिको चयन गरिएको छ । खाँडाचक्र नगरपालिकाकै वडा नं ७ मा गंगन वहादुर मल्ल, वडा नं ६ मा राजवहादुर शाही, अध्यक्षमा निबिरोध निर्वाचित हुनु भएको छ । भेलामा एमाले नेता तुलाराज मल्ल, जिल्ला सदस्य जनकवहादुर शाहीको सहभागीता रहेको थियो । यस्तै खाँडाचक्र नगरपालिका वडा नं २ मा खगेन्द्र वरालको अध्यक्षतामा कमिटिको गठन गरिएको छ । वडा भेलामा खाँडाचक्र नगरप्रमुख जसिप्रसाद पाण्डेको सहभागीता रहेको थियो ।
यस्तै जिल्लाको सान्त्रिवेणी गाउँपालिका वडा नं ३ मा अध्यक्ष मिमराज देवकोटा, वडा नं.४ मा दानवहादुर शाही वडा नं.५ मा गोविन्द्रवहादुर बम, वडा नं.६ मा अम्मरवहादुर वुढा अध्यक्षतामा कमिटि गठन गरिएका छन । वडा अधिवेशनका लागि सान्नीत्रिवेणीमा एमाले प्रदेश कमिटि सदस्य बिरेन्द्रवहादुर वोगटी, प्रदेश ख सहयोग पार्वती सिहं, इन्चार्ज हेमराज सज्याल, जिल्ला कमिटि सदस्य ब्यासि बि.क लगाएतका नेताहरुको हसभागीता रहेको जनाईएको छ ।
यस्तै तिलागुफा नगरपालिका वडा नं. ७ मा पनि वडा अधिवेशन सम्पन्न भएको छ । अध्यक्ष अक्कलवहादुर शाहीको अध्यक्षता ३१ सदस्यि वडा कमिटिको गठन गरिएको छ । कार्यक्रममा एमाले मनराज बमको शिषेश आथित्यता रहेको वताईएको छ ।
यस्तै नेकपा एमाले सुभकालिका गाउपालिका वडा नं. ५ मा प्रथम वडा अधिबेशन गरीएको छ । अध्यक्ष बिष्नु शाही रहनु भएको छ। शुभकालिका गाउापालिका वडा नं २ मा रति सुनारको अध्यक्षतामा ३१ सदस्यि वडा कमिटिको गठन गरिएको छ । वडा नं १ र ३ मा आयोजित भेलामा क्रमस वडा नं. १ धनसिहं रामजाली, वडा नं.३ इन्द्रवहादुर शाहीको अध्यक्ष्तामा ३१ सदस्य वडा कमिटिको गठन गरिएको अनेरास्वियु कालीकोटका सचिव तिलप्रसाद धितालले वताउनुभयो । भेलामा सम्पन्न् गर्न एमालेका प्रदेश कमिटि सदस्य भरतराज धिताल, हिरे सुनार र धनराज शाहीको सहभागीता रहेको वताईएको छ ।
यस्तै पचालझरना गाउपालिका वडा नं.१ मा अध्यक्ष बिनोद बहादुर बगोगटी, लगाएत ३१ सदस्सीय वडा कमिटिको गठन गरीएको जानकारी प्राप्त भएको छ ।




karnalipress
६ कार्तिक २०७८, शनिबार १८:४८