एक्सनवर्स मार्फत ३८६ लाई इम्पलान्ट

असोज २,कालीकोट । एक्सनवर्स नेपालवाट कालीकोटका तीन सय ८६ जना महिलाले प्रत्यक्ष सेवा लिएको पाईएको छ । परियार नियोजन र सुरक्षित गर्भ पतनको क्षेत्रमा काम गदै आएको एक्सनवर्सले जिल्लाका सात वटा स्थानीय तहका ३८६ जना महिलालाई इम्पलान्ट सेवा दिएको पाईएको हो।

इम्पलान्ट महिलाहरुको पाखुरामा राख्ने परिवार नियोजनको अस्थाई साधन हो । इम्पलान्टले पाँच वर्ष सम्म गर्भाअन्तर गराउछ ।

कार्याक्रम लागु भएको क्षेत्रका ३८६ जना महिलाले एक्सनवर्सकै सहयोगमा परिवार नियोजनको अस्थाई सेवा लिएको स्वास्थय सेवा कार्यालय कालिकोटले जनाएको छ । शुक्रवार एक्सनवर्स नेपालको कार्यक्रम समापन समिक्षा गोष्टिमा सो कुराको जानकारी गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका पप्लीक हेल्थ नर्ष सेतु शाहीले तिन वर्षको अवधिमा जिल्लाका ३८६ जनाले अस्थाई इम्पलान्ट सेवा लिएको वताउनुभयो । उहाँले इम्पलान्ट सेवा मात्र ३८६ जना महिलाले लिनुभयो ।
सचेतना मुलक सेवा त धेरैले लिएको र सुरक्षित गर्भपतन, परिवार नियोजनका अस्थाई साधन प्रयोग, किसोर किशोरी क्लव मार्फत जनचेतना जोगाउने काम धेरै भएको भन्दै खुसि ब्यक्त गर्नुभयो ।

स्वास्थ्य सेवा कार्यालयको समन्वयमा एक्सनवर्स नेपालले जिल्लामा स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरेको भन्दै एक्सनवर्सको प्रशंसा गरिएको थियो ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त ब्यवस्थापक डाक्टर रत्नबिर सुनारले जिल्लामा एक्सनवर्स नेपालको काम प्रति आफु निकै खुसि भएको वताउनुभयो । उहाँले यो चरणको कार्यक्रम सकिएपनि फेरी आफुहरु एक्सनवर्स नेपाल संग स्वास्थ्य क्षेत्रमा काम गर्न तयार रहेको र आगामी दिनमा सहकार्य गर्न अनुरोध गर्नुभयो ।
उहाँले वग्ने खोलाले आवाज दिने भएपनि स्वच्छ हुने भन्दै कहि कतै काम गर्दा वोलि ठुलो भएपनि त्यसलाई राम्रैका लागि हो भनेर वझिदिन अनुरोध गर्नुभयो ।

एक्सनवर्सले जिल्लाका धेरै स्वास्थयक्रर्मी अर्थात अनमीहरुलाई परिवार नियोजन सम्वन्धी दक्ष वनाएको छ । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटकवहादुर महतल आफुहरु एक्सनवर्स ऋणी भएको वताउनुभयो तीन वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा सस्थाले गरेको कामलाई कुनै पनि वेला विर्षन नसकिने वताउनुभयो ।
समिक्षा गोष्टिमा वोल्दै पर्यटन पत्रकार संघ कालीकोटका अध्यक्ष प्रेमराज सिम्खडाले एक्सनवर्स नेपालले रेडियो कार्यक्रम र प्रत्यक्ष नागरिक स्तर सम्म स्वास्थ्य सेवा मार्फत पुगेर दिएको सेवाले किसोर किशोरीलाई राम्रो सन्देश दिएको वताउनुभयो ।

अध्यक्ष सिम्खडाले किशोर किशोरी आफै अहिले सानै उमेर गरिने बिवाहले असुरक्षित गर्भ पतन गराउदा धेरै किशोरीमा समस्या देखिएकाले अव त्यस्तो गल्ती नहुने कुरामा उनिहरु सचेत भएको आफुले पाएको सुनाउनुभयो ।
सानै उमेरमा हुने बिवाहका कारण असुरक्षित गर्भ पतनका कारण महिलाको ज्यान जाने खतरा वढेकाले सुरक्षित गर्भपतन, परिवार नियोजन, सुरक्षित मातृत्व लगाएका स्वास्थ्य सुधारका क्षेत्रमा एक्सनवर्स नेपालले तीन वर्ष देखि काम गदै आएको थियो । एक्सनवर्स नेपालको सेवाले कालीकोटको स्वास्थ्य क्षेत्रमा निकै राम्रो सुधार भएको जिल्लाका सरोकारवालहरुको प्रतिक्रिया रहेको छ ।