कालिकोटमा माओवादी र एसको गठबन्धन कांग्रेस असन्तुष्ट

बैशाख २२, । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कालिकोटका ९ मध्ये ७ स्थानीय तहमा प्रमुख आफैले लिने गरी तालमेल गरेको छ । सत्ता गठबन्धनमा रहेको कांग्रेसका भागमा परेको महाबै गाउँपालिका अध्यक्ष आफैले लिन एमालेलाई उपाध्यक्ष दिएको छ ।

त्यस्तै समाजवादीको भागमा परेको शुभकालिकाको अध्यक्ष पनि कांग्रेसलाई उपाध्यक्ष दिएर माओवादीले प्रमुखमा उम्मेदवार उठाएको छ । जिल्लाको खाँडाचक्रमा समाजवादीको तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका कमलबहादुर शाहीलाई प्रमुख मानेर उपप्रमुखमा माओवादी केन्द्रका गणेशबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, तिलागुफामा कांग्रेसले प्रमुख छाड्न नमाने पछि नेमकिपासँग सहकार्य गर्नेगरी छलफल चलाएको छ,भने नेपाली कांग्रेसका शंकरप्रसाद उपाध्याय प्रमुख,एमालेका महेन्द्रबहादुर शाहीको उपप्रमुखमा सहकार्यको हात फैलाएका छन् ।

त्यस्तै, नरहरिनाथमा समाजवादीका धीरबहादुर विष्ट अध्यक्षमा दोहोरिएका छन् भने माओवादी केन्द्रका कमलबहादुर शाह उपाध्यक्षको टीमले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । एमाले, कांग्रेस र चन्द समूहसँग प्रतिस्पर्धा गर्ने गरी गरेको समाजवादी र माओवादी केन्द्रबीच गठबन्धन बनेको छ ।

यस्तै सान्नीत्रिवेणी गाउँपालिकामा माओवादीकै डम्मरबहादुर शाही प्रमुखमा दोहोरिएका छन् समाजवादीका कृष्णकला पाण्डेलाई उपाध्यक्षका उम्मेदवार बनाइएको छ ।माओवादीकै महेश केसी स्वतन्त्र उम्मेदवार कायमै छन् ।रास्कोट,पचालझरना र पलाँतामा पनि माओवादी केन्द्रले अध्यक्ष लिने गरी एकीकृत समाजवादीको साथमा लिएको छ ।

माओवादी केन्द्रले चलाखी गरेको कांग्रेस महासमिति सदस्य भूपेन्द्रजंग शाहीले बताए । उनले भने ’उनीहरुले चलाखी गरेर ७ पालिका प्रमुख आफैले लिने प्रपञ्च गरेर गठबन्धनको नाटक गरे यो सफल हुन दिदैनौँ ।’ यस्तै स्थानीय तह निर्वाचनको लागि कालिकोटका गाउँ,बस्तीमा चुनावी एजेन्डाको साथमा नेताहरु जानेक्रम पनि जारी रहेको छ । निर्वाचन आउन आठदिन बाँकी रहेको बेला नेताहरुलाई भोट माग्न भ्याई नभ्याई भएको छ । जिल्लामा गठबन्धन देखि स्वतन्त्र उम्मेरदवारले प्रत्यक दिन गाउँमा आम शभा समेत गर्ने गरेका छन् ।