ललित विष्ट चैत्र २७, कालिकोट । मान्म—कोटवाडा केबुलकार निर्माणको लागि सरोकारवालाले बजेट जुटाउने प्रतिबद्धता जनाएका छन्। केबुलकार निर्माणको लागि डीपीआर निर्माण गरेर एक बर्षदेखी तयारी अवस्थामा छ । चार दशक लगाएर निर्माण सम्पन्न भएको कोटवाडा विमानस्थल भएको ठाउँमा पुग्न केबुलकार सञ्चालन गरिने भएको छ ।
सदरमुकाम मान्मको डाँडाबाट पारिपट्टि पर्ने कोटवाडाको डाँडो जोड्ने केबुलकार निर्माण गर्न सहरोकारवालाले पहल थालेका छन् । मान्मबाट कोटवाडा पुग्न पैदल ६ घण्टा र गाडीमा साढे २ घण्टा लाग्ने गर्छ ।
०४२ सालमा सर्भे भएर निर्माण थालिएको कोटवाडा विमानस्थल हाल कालोपत्र भए पनि जहाज आएको छैन । विमानस्थल पुग्ने भरपदो सडक नहुँदा सरोकारवालाले केबुलकार निर्माणमा जोड दिएको बताएका छन्।
केबुलकार निर्माणका लागि काठमाडौंको रोप–वे एन्ड केबुलकार प्रालिले सर्भे, डिजाइनसहित डीपीआर निर्माण गरेर सरोकारवालासँग अन्तरक्रिया गरिसकेको छ । हाल स्थानीयहरु केबुलकार निर्माण हुने कुराले केही खुसी छन्। भने केहीले फेरी कति दशक लाग्नेहो भन्ने प्रश्न गर्न थालेका छन् । एउटा विमानस्थल बन्न चार दशक लाग्छ केबुलकारको कुरा स्थानीय मिना बिष्टले प्रश्न गरिन् ।
मान्मक—कोटवाडा केबुलकार निर्माण भएपछि बहुआयामिक अवसर सिर्जना हुने र आर्थिक समृद्धको बाटोमा जान सक्ने कन्सलटेन्सीका प्रमुख गुणराज ढकालले बताए । ‘यो कालिकोटका लागि महत्तवपूर्ण परियोजना बन्न सक्छ,’ उनले भने । २ हजार १ सय ५७ मिटर लम्बाइ रहेको मान्म—कोटवाडा केबुलकार ५ मिनेटमा पुग्न सकिने कन्सलटेन्सीका इन्जिनियर गणेशराम सिंकेमनले बताए ।
‘रक चट्टान निकै कडा छ,’ उनले भने, ‘फाउन्डेसनका लागि लोकेसन पनि राम्रो छ ।’ उनका अनुसार लगानी जुट्न सके डेढ वर्षमा केबुलकार निर्माण गर्न सकिन्छ । कालिकोटका स्थानीयलाई केबुलकार निर्माण भएमा आवगमनको लागि पनी सहज हुने भएको छ। स्थानीयमा भने केबुलकार निर्माण हुन्छ की हुदैन भनेर अन्वलता मा छन्।
karnalipress
२७ चैत्र २०७९, सोमबार १६:०१