
कालीकोट । कालीकोट जिल्लामा रहेको लोटस बिकास एकेडमी विद्यालयको दोस्रो वार्षिकोत्सवको अवसरमा जिल्ला कारागार कालीकोटका कैदीबन्दीलाई खेलकुदका सामाग्री वितरण गरेको छ । वार्षिकोत्सवको अवसरमा कारागार पुगेर कैदीबन्दीलाइ खेलकुदका सामाग्री वितरण गरिएको हो ।
कैदीबन्दीको शारीरिक विकासका लागि कारागारमा खेलकुद सामग्री प्रदान गरिएको प्रिंसिपल सन्तोष पौडेलले बताए । स्वास्थ्यको लागि खेलकुदको महत्वपूर्ण भूमिका रहेकाले सहयोग गरिएको उनको भनाई छ। उनले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबैले साथ दिएको बताए । विद्यालयको वार्षिकोत्सवको अवसरमा कैदीबन्दीलाई खेलकुदका सामग्री वितरणले केही राहत भएको बताए ।
कारागार कालीकाेटका जेलर मानबहादुर विकले वार्षिकोत्सवको अवसरमा कैदीबन्दीलाई खेलकुद सामग्री सहयोग गरेकोमा विद्यालय परिवारलाई धन्यवाद दिए। लोटस बिकास एकेडमीकाे वार्षिकोत्सवमा विद्यालयमा विभिन्न सासंकृति कार्यक्रम समेत गरिने विद्यालय परिवारले जनाएको छ। दुईवटा भलिबल सेट प्रदान गरिएको छ। कारागारमा रहेका कैदीबन्दीलाई खेलकुदका सामग्री प्राप्त भएपछि नियमित खेल खेल्न सहज हुने भएको छ ।



karnalipress
१६ जेष्ठ २०८२, बिहीबार १०:१५