
भाद्र १७ ,काठमाण्डाै । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदीमा खसेकाे घटनाबारे छानबिन समितिकाे प्रतिवेदनमाथि असन्तुष्टि जनाएकाे छ ।
आज बिहीवार प्रेस विज्ञप्ति निकाल्दै एमालेले तुइन घटनामा छानबिन समितिकाे प्रतिवेदन अस्पष्ट रहेकाे बताएकाे हाे । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले निकाल्नुभएकाे प्रतिवेदनमा भनिएकाे छ, ‘पटकपटक म्याद थपेर निकै ढिलाे गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्पष्ट रहेकाे र सरकार यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेकाे देखिएकाे छ ।’
यस्तै एमालेले आफ्ना नागरिक बेपत्ता पारिएकाे संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिन, साेधपुछ गर्न, आपत्ति जनाउन र कुटनीतिक पहल गर्न नसक्ने सरकारले नागरिक ध्यान माेड्न खाेजेकाे आशङ्का देखिएकाे बताएकाे छ ।
अविलम्ब यस घटनाकाे यथार्थ सार्वजनिक गर्न, दाेषीलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न एमालेले माग गरेकाे छ ।




karnalipress
१७ भाद्र २०७८, बिहीबार १९:१६