गरिब विपन्न, गरिबलाई भ्यालु भौचर कार्ड वितरण

असार ९,कालिकोट ।  खाँडाचक्र नगरपालिका– १ का २७ घर परिवारलाई भ्यालु भौचर वितरण गरिएको छ । भ्यालु भौचरमार्फत एक परिवारलाई १० हजार ३ सय ५० रुपैयाँ बराबरको खाद्यन्नका सामग्रीहरु वितरण गरिएको छ ।

मर्सिकोर नेपालको आर्थिक सहयोग तथा हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा सञ्चालित (भकारी) कार्यक्रमअन्तर्गत कालिकोटका स्थानीय तहमा रहेका अति विपन्न, गरिब तथा मासिक ५ हजारभन्दा कम आयश्रोत हुने परिवारका सदस्यहरु छनौट गरी भ्यालु भौचर वितरण गरिएको मर्सिकोर नेपालका गोमती उप्रेतीले जानकारी दिइन् ।

खाँडाचक्र नगरपालिका– १ का २७ घर परिवारलाई आज भ्यालु भौचर वितरण गरिएको हो । १० हजार ३ सय ५० रकम बराबरको आवश्यक खाद्यन्न उनीहरुको माग अनुसार मगाइएको हुरेन्डेक नेपाल कालिकोटका कोषाध्यक्ष दिलिप कुमार शाहीले बताए ।

मर्सिकोर नेपालका धर्मप्रसाद बजगाँईले कालिकोट जिल्लाका अन्य स्थानीय तहमा पनि नागरिकहरुको सल्ला–सुझाव अनुसार आवश्यक सामग्री खरिद गरेको बताए ।

अति विपन्न, गरिब तथा अपांग असहाय र एकल महिलाहरुका लागि भकारी कार्यक्रमले राहतस्वरुप विभिन्न समयमा सहयोग गर्दै आएको बजगाँईको भनाइ छ ।

भकारी कार्यक्रमका संयोजक धुव्र सुनारले कालिकोटको खाँडाचक्र नगरपालिका,शुभकालिका गाउँपालिका,नरहरीनाथ गाउँपालिका र महावै गाउँपालिकाभित्र मात्र १ हजार २ सय भ्यालु भौचर वितरण गरिएको बताए ।

उनले १० हजार ३ सय ५० रुपैयाँ बराबरको एक भौचर रहेकाले खाँडाचक्र नगरपालिका– १ मा मात्र २७ वटा भ्यालु भौचर वितरण गरेको बताए । भकारी कार्यक्रमप्रति नागरिकहरुको चासो र आशा बढ्दो रहेको खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमलबहादुर शाहीले बताए ।

नगरप्रमुख शाहीले भकारी कार्यक्रमलाई स्थानीय सरकारबाट हुनुपर्ने र गर्नुपर्ने सहयोगको कमी नहुने बताए । खाँडाचक्र– १ का वडाध्यक्ष धर्मराज ताम्राकारले सहयोगी निकाहरुलाई काममा अप्ठ्या र नपर्ने गरी काम गर्ने र सधैभर साझेदार संस्थाहरुलाई साथमा लिएर स्थानीय तहका कामकाज गर्ने बताए ।

अध्यक्ष ताम्राकारको अध्यक्षता, खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीको प्रमुख आतिथ्य तथा हुरेन्डेक नेपाल कालिकोटका कोषाध्यक्ष दिलिपकुमार शाहीको विशेष आतिथ्यमा भ्यालु भौचर वितरण गरिएको हो ।