
असोज १६,कालीकोट। चाडपर्व लक्षित बजार अनुगमनलाई कडाई गर्ने निर्णय गरीएको छ।शुक्रवार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्याको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णयहरु गरेको हो।
ब्यापारीहरुले आफुले बेच्ने मालसामानको मुल्य प्रस्ट देखीने गरी राख्ने, म्याद नाघेका सामानहरु बेचबिखन नगर्ने ,कोरोनाको माहामारी अझै कायमै रहेकाले दशै तिहारमा भिडभाड नगर्ने, स्वास्थ्यका मापदण्ड पालना गर्ने, जिल्ला भित्र अबैद मदिरा उत्पादन र बेचबिखनमा रोग लगाउने जस्ता बिभिन्न निर्णय गरीएको छ।
उक्त वैठकमा जिल्ला स्थित सम्पुर्ण सरोकारवालाहरु, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
निर्णय
karnalipress
१६ आश्विन २०७८, शनिबार ०७:१२