कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाहीको शानदार जित,

१९ मंसिर,सुर्खेत। नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका सभापतिका उम्मेदवार ललितजंग शाहीको शानदार जित भएको छ ।

सभापति शेरबहादुर देउवा निकट मानिने ललितजंग शाहीले ४२२ सहित सभापतिमा जित हासिल गरेको नेपाल तरुण दल सुर्खेतका सभापति हरि विष्टले जानकारी दिए ।

सभापतिका उम्मेदवार भुपेन्द्रजंग शाहीले जम्मा ३१७ मत पाएका छन् । भुुपेन्द्र नेता रामचन्द्र पौडेल समूहका सभापतिका उम्मेदवार हुन् ।

सभापतिका अर्का उम्मेदवार मोतीराज बमले जम्मा ७ मत पाएका छन् । बम उप–सभापति विमलेन्द्र निधि निकटका हुन् ।कांग्रेसको प्रदेश कार्यसमितिको सभापतिमा देउवा समूहले कर्णाली प्रदेशमा जित हासिल गरेर पहिलो खाता खोलेको छ ।