भाद्र ७,कालिकोट । कालिकोट जिल्लामा निर्वाचनका गतिविधि सुरु भएको छ। मतदान नामावली अधावधिक दाबी विरोध सम्वन्धि एक दिने अन्तरक्रिया कार्यक्रम गरि निर्वाचनका गतिविधि सुरु गरिएको हाे।
४ गते हुने प्रदेशसभा र प्रतिनिधि सभाकाे निर्वाचनकालागि मतदाताहरुकाे नामावलीमा त्रुटी भएको खण्डमा सच्याउने,दाबी विरोध समेत गर्ने समय भएकाले निर्वाचनले ताेकेकाे मिति भित्र सबै मतदाताले ध्यान पुर्याउन सचेत गराउन कार्यक्रम सुरु गरिएको छ।
मतदाता नामावलीमा मतदाताले आफ्नो नाम विवरण हेर्ने एवं. अधावधिक गर्नका लागि सहज पहुँच प्रदान गर्ने, मतदाता नामावलीमा भएका दाेहाेराे पन त्रुटी हटाउने, मतदाता नामावली ऐन २०७३ ले ब्यबस्था गरेका कार्यहरु सम्पन्न गरि हाल सम्म संकलित नामावलीलाई बैधानिक्ता प्रदान गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
karnalipress
७ भाद्र २०७९, मंगलवार १९:५५