ललित बिष्ट फागुन १५,कालिकोट। काकिलोट जिल्लाको शुभकालिका गाउँपालिका वडानं—३ का ६३ घरधुरी स्वच्छ खानेपानीको पहुँच पुगेका छन् । वडानं—३ को रोकायाबाडा,धौलुवाडा खानेपानी योजनाको निर्माणकार्य सम्पन्न भई घरघरमा स्वच्छ खानेपानी पुग्दा नागरिक हर्षित देखिएका छन् ।
कादुरी एग्रिकल्चर एण्ड एसोसियसन व्रिटिस गुर्खाज नेपालको आर्थिक सहयोग तथा शुभकालिका गाउँपालिकाको समन्वयमा शुभकालिकाको वडानं– ३ मा खानेपानी योजनाको निर्माण कार्य सम्पन्न भएको हो । गाउँपालिकाको वडान– ३ मा ६५ वटा धारा निर्माण भएका छन् ।
एक घर एक धाराअन्तर्गतको योजना सम्पन्न भएपछि यहाँका ६३ घरधुरीका ३८२ जना नागरिकहरु स्वच्छ खाने पानीको पहुँचमा पुगेका हुन । विगतका दिनमा खानेपानीको अभाव झेल्दै आएका यहाँका नागरिकहरुले पानीको सहजता पाएपछि दुखका दिन गएको महसुस गरेको वडा नं.-३ का स्थानीय बिक्रम रोकायाले बताए । उनले भने ‘यहाँका नागरिकहरुलाई अब खानेपानीको सहजता भएको छ । योजनाको कुल लागत ७१ लाख ७८ हजार २९० रुपैयाँ ७८ पैसा रहेको उपभोक्ता समितिका अध्यक्ष दलबहादुर शाहीले जनकारी दिए ।
karnalipress
१५ फाल्गुन २०७८, आईतवार ०६:५१