दैलेखमा जुट्यो गठबन्धनको भागबण्डा

बैशाख ११,दैलेख। जिल्लामा बसेको सत्तारुढ गठबन्धन दलहरु विच भागवण्डा मिलेको छ। नारायण नगरपालिकामा मेयर नेपाली काँगे्रसको भागमा परेको छ भने,उपमेयरमा नेकपा एकिकृत समाजवादीको भागमा परेको छ। दुल्लु नगरपालिका मेयर काँगे्रस र उपमेयर नेकपा माओवादी केन्द्रले पाएको छ। त्यस्तै चामुण्डाविन्द्रासैनी नगरपालिकाको मेयर नेकपा एकिकृत समाजवादी र उपमेयर नेपाली काँगे्रसलाई भाग परेको छ।आठविस नगरपालिका मेयरमा नेपाली काँगे्रस र उपमेयरमा नेकपा माओवादी केन्द्रलाई भाग परेको छ।

गुराँस गाँउपालिका नेपाली काँगे्रसले पाएको छ भने उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले पाएको छ । डुङ्गेश्वर गाँउपालिकामा अध्यक्ष नेपाली काँगे्रस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रलाई भाग परेका छ। यस्तै भैरवी गाउँपालिकामा अध्यक्ष नेकपा एकीकृत समाजवादी र उपाध्यक्षमा काँग्रेसलाई दिने भएको छ। ठाटीकाँध गाउँपालिकामा अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँगे्रसलाई भाग परेको छ।

त्यस्तै नौमुले गाउँपालिकामा अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादी ,भगवतीमाई गाउँपालिकामा नेकपा माओवादी केन्द्र ले अध्यक्ष र काँगे्रसले उपाध्यक्ष पाउने भएका छन । त्यस्तै महावु गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादी र उपाध्यक्षमा नेपाली काँगे्रसका उम्मेदवार उठाउने भएको छ।