
बैशाख १७,दैलेख । आठबिस नगरपालिका राकम कर्णाली दैलेखमा नेपाल कम्युनिष्ट पार्टि (एमाले)को तर्फबाट मेयर पदमा उम्मेदवार दर्ता गरेका लामो समय देखि राजनिति साथै जनताको सेवामै विताएका नेता तर्क बहादुर वडुवाल संग चुनाव केन्द्रित विषयमा गरिएको कुराकानी ।
१,आठबीस नगरका जनताले तपाईंलाई नगर प्रमुखमा किन जिताउने ?
१)पिछडिएका र पहुँच नभएका नागरिकहरुलाई राज्यका हरेक अवसरमा पहिलो प्राथमिकता दिन ।
२) समाजिक विभेद, बालविवाह, बहुविवाह, छाउपडि प्रथा जस्ता कुसंस्कार र कुरितिहरुलाई हटाई भाईचारा सम्बन्ध कायम गरि समाजलाई एकता वद्ध बनाउन ।
३) समयमै योजनाहरु सम्पन्न गर्न ।
४) भ्रष्टचार मुक्त प्रशासन कायम गर्न ।
५) नगरबासीहरुका बाँझारहेका जमिनका टुक्राहरुलाई कृर्षियोग्य बनाउन लगाई आय स्रोत बढाउन् ।
६) साँस्कृतिक र ऐतिहाँसिक सम्पदाको संरक्षण र सम्वद्र्धन गरि नगरलाई बाहिरि जगतमा चिनाउन ।
७) यहाँका पर्यटकिय स्थल र सम्भावनाहरुको खोजि गरि आन्तरिक तथा वाहिय पर्यक भित्र्याई आर्थीक समृद्धि बढाउँन ।
नगरका नागरिकको सामाजिक जीवन स्तर उकास्न ।
८) शिक्षा, स्वास्थ्य, बाटो घाटो, विकासका पूर्वाधारहरु यातायात, विजुल्लि, खानेपानी, जस्ता कराहरु व्यवस्थापन गर्ने योजना रहेका छन् । यसर्थ नगरबासीले मलाई अत्यधिक बहुमतले जीताउनु हुने छ ।
२,२०७४ सालमा पार्टिको घोषणा पत्र अनुसार जनप्रतिनिधिहरुले आफुले गरेका वाचाहरुलाई अक्षरस पालना गर्न नसकेको जन गुनासो छ । तपाईं यसलाई कसरि लिनुहुन्छ ?
घोषाणा पत्र अनुसार पूर्णरुपमा काम गर्न त कुनै पार्टिले सकेका छैनन् किनकि राजनैतिक अवस्थानै अस्थिर भईदियो, बरु तुलनात्मक रुपमा अन्य पार्टिहरु भन्दा एमालेले नै काम गरेको छ । जहाँ सम्म मेरो कुरा छ, सृजनात्मक सोंच ईच्छाशक्ति र ईमान्दारिता नै महत्वपूर्ण कुरा हो ।
यी तिन कुरा भएको मानिसले नै जनआकांक्षालाई बुझेर केहि काम गर्न सक्छ । यीनै कुरा म संग छन भन्ने आठबीस नगरबासीलाई थाहा भएकाले मलाई मेरो पार्टि नेकपा एमालेले यस नगरपालिकाको प्रमुख पदका लागि नगरबासीका माझ उभ्याएको छ । त्यसैले नगरबासीको हितमा म काम गर्न सक्छु भन्ने विश्वास दिलाउछु र यहि बैशाख ३० गतेका दिन सूर्य चिन्हमा निर्धक्क भई छाप लगाई अत्यधिक मतले म र मेरो सम्पूर्ण टिमलाई जिताउन सम्पूर्ण नगरबासीलाई निवेदन गर्दछु ।
३,यदि तपाईंले चुनाव जित्नु भयो भने नगरलाई कस्तो बनाउने लक्ष्य राख्नु भएको छ ? आठबीस नगरका समृद्धिका आधारहरु के के देख्नु भएको छ ?
पर्यटन, उद्योग, कृर्षि, बन तथा वातावरण शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा सरसफाई, सूचना तथा प्रविधि, सडक तथा यातायात धर्म, तथा संस्कृति नै आठबीस नगरका समृद्धिका आधारहरु हुन् । उल्यखित विषयका क्षेत्र भित्र पर्ने कुराहरुको स्थापना, सुधार तथा विकास, नगरबासी को हितमा सेवासुविधा पु¥याउने गरि व्यवस्थित रुपमा निति तथा कार्यक्रम् बनाई व्यवहारिक रुपमा उतार्न सकेमा नगर समृद्धिको बाटोमा अघि बढ्ने छ ।
४,गाउँका उर्जाशिल युवा रोजगारिका लागि विदेश जान वाध्य छन्, यो उर्वर जनशक्तिलाई समाज विकासमा जोड्न के योजना बनाउनु भएको छ ?
रोजगार भन्ने बित्तिकै सबैले प्राय गरि सरकारी वा गैर सरकारी जागिर नै भन्ने बुझ्छन् । स्वरोजगारलार्ई पनि जोडेर हेर्नु पर्छ । हामी संग भएका स्थानिय साधन स्रोतलाई व्यवस्थित रुपमा उयोग र परिचालन गर्न सकेको खण्डमा र त्यसमा नगरबासीले साथ र सहयोग दिएमा गाउँमै पनि रोजगारिको सृजना हुन्छ । र अधिकांस यूवा पुरुषहरु मुग्लान या विदेश जाने संख्या घट्दै जान्छ र कालान्तरमा सबैले यहिँ अवसर पाउने छन् । तर यो काम गरेर देखाउन त सक्षम नेत्रीत्व अथावा प्रनिधित्वले ठाउँ पाउनु पर्ने हुन्छ । त्यसैले आठविस नगरबासीले हामीलाई जिताउँदै छन् ।
५,सुकुम्बासी भूमीहिन व्यवस्थित बसोबासका विषयमा के कस्तो रणनीति बनाउनु भएको छ ?
सुकुम्बासी भूमीहिनहरुलाई व्यवस्थित वसोबासका लागि नगरको अधिकार क्षेत्रभित्र पर्ने कुराहरुमा त कुनै कसर बाँकी राखिने छैन् नै, साथमा प्रदेश र संघ सरकारलाई पनि घच्घच्याएर वा माग गरेर पनि आफ्नो नगर भित्रका त्यस्ता पिडिँतहरुको लागि काम नगरेर कस्को लागि गर्ने ? खालि जमिन त होलाननी कहिँ ? जन्मे पछि जामिन उपभोग गर्न पाउने अधिकार सबलाई छ ।
६,शिक्षा, स्वास्थ्य नागरिकको सहज जीवन यापनका लागि कसरि अगाडि बढ्नु हुन्छ ?
नगरिकका छोरा छोरिले प्राप्त गर्ने शिक्षा गुणस्तरको र व्यवसाहिक तवरको हुन आवश्यक छ । त्यसका लागि नगरभरिका विद्यालयका विषयगत शिक्षकहरुलाई आफ्नो विषयमा कुनै पनि विद्यार्थीलाई ६० प्रतिशत भन्दा प्राप्तांक कम नहुने गरि (स्वतन्त्र र निष्पक्षरुपमा जाँच्दा ) अध्यापन गराउन सम्मान पूर्वक अनुरोध गरिने छ । ईमान्दार भई कामगर्नेलाई प्रोत्साहन र लाप्रवाहि गर्नेलाई खवरदारी साथ आवश्यक परेको खण्डमा दण्डित गरिने छ । त्यसका साथै अभिभावकहरुलाई आवश्यक वातावणर बनाउन र सहयोग गर्न उत्प्ररित गरिने छ । यसो नगरे राज्यको बजेटको दुरुपयोग र नागरिकका छोरा छोरिहरुको भविश्य अन्धकार हुने छ । त्यस्तै आवश्यक स्थानमा प्रविधिक शिक्षालयहरु स्थापना गरि प्रविधिक शिक्षा दिएर दक्ष जनशक्ति पनि तयार गरिने छ । यसो गर्दा नागरिकका छोरा छोरिहरुलाई जीवन यापन गर्न सजिलो हुने छ ।
स्वास्थ्य क्षेत्रमा पहिलो चरणमा प्रतिहजार जना बराबर एक जना स्वास्थ्यकर्मी पुग्ने गरि नियमित रुपमा स्वास्थ्य र सरसफाई बारे शिक्षा दिन र स्वास्थ्य स्थिति बुझ्न स्वास्थ्यकर्मी खटाईने छ । विरामी भएको सुरुमै उपचारको सल्लाह नागरिकले पाउँने छन्, र नगरले त्यसमा आवश्यक सल्लाह र सहयोगको व्यवस्था गर्ने छ ।
७,नयाँ शहर र माथिल्लो कर्णाली जलविद्युत आयोजना राष्टिय गौरवका आयोजनाहरु छन्, यी योजनाहरुलाई निरन्तरता दिन तपाईंका रणनितिक योजनाहरु के छन् ?
नयाँ शहर र माथिल्लो कर्णाली जलविद्युत राष्ट्रिय गौरवका आयोजना हाम्रै नगरपालिकामा हाम्रा लागि हुन गौरवको कुरा हो । तर नयाँ शहरको बारेमा मेरो धारणा राकम कर्णालीको जग्गा अत्यन्तै उत्पादनशील छ । नयाँ शहर बन्ने भएपछि नगरको कृर्षिबालि उत्पादन क्षमतामा कमी हुने भयो । खाद्यान्नमा परनिर्भर हुनु पर्ने हुन्छ । उप्पादन नुहुने कडा जमिनमा बाटोको व्यवस्था गरि बस्ति बसाउँन राज्यले सकेको भए यस्ता उत्पादनशिल क्षमता भएका जमिन जोगिने थिए । नयाँ शहर मेघा सिटि बन्ने नै भयो । बन्न गईरहेको मेघा सिटिलाई व्यवस्थित बनाउन अहिले देखि नै फोहोर व्यवस्थापन, ढल निकास, पार्क निर्माण, आदि बारेमा चुस्त योजनाहरु बनाउन पर्छ । माथिल्लो कर्णाली परियोजना नेपालले आफैले सञ्चालन गर्न सकेको खण्डमा राम्रो हुने थियों । राज्यको जिम्मेवारि भएकोले यो परियोजना प्रभावित जिल्लाका नगरिकहरुको अधिकार हनन् नहुने गरि तथा उनिहरु लाभान्वित हुने गरि सञ्चालन गरिनु पर्छ ।
८,नयाँ शहरको निर्माण पछि कर्णाली नदि दुषित बन्ने देखिन्छ । कर्णालीको हालकै अवस्थामा राखिराख्न कस्ता योजनाहरु बनाउनु हुन्छ ?
मेघा शहर बनिसके पछि कर्णाली नदि दुषित हुनबाट जोगाउन निकै चुनौति त हुन्छ नै ता पनि वातावरण स्वच्छ राख्न र नदिको हालको अवस्था कायम राख्न अपरिहार्य छ । यसका लागि फोहोर व्यवस्थापन र ढल निकासको व्यवस्था नै मुख्य हुन्छ । ढल निकास बाट जाने फोहोरबाट नदि जोगाउँन यसको उचित व्यवस्था गरि शहरलाई सफा र दुर्गन्धरहित बनाउन सकिन्छ ।
९,अन्त्यमा के भन्न चाहनु हुन्छ ?
मलाईं आठबीसका जनताको विश्वास साथै पार्टिको मार्गनिर्देशन अनुसार अडिग रही काम गर्दै आएको हुनाले मेरो पार्टि नेकपा एमालेले पूर्ण विश्वास गरि यति खेर मलाई आठबीस नगरको प्रमुखमा मनोनयन गरेको छ । यस अवस्थामा यस नगरका आदर्णिय आमा बुवा,दाजुभाई, दिदि बहिनी सबैलाई मेरो पार्टि नेकपा एमालेको सूर्य चिन्हमा छापलगाई मलारई साथै पार्टिलाई अत्याधिक मतले विजय गराउनु हुने छ, भन्ने पूर्ण विश्वास गरेको छ ।धन्यवाद ।।



karnalipress
१७ बैशाख २०७९, शनिबार २०:०४