
कालीकाेट। नेपाल निजामती कर्मचारी संगठन कालीकोट उत्कृष्ट घाेषित भएको छ। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिले बिहीबार आयोजना गरेको शहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवसको शहिद स्मृति मुल समारोहमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति कालीकोट उत्कृष्ट कार्य समिति घोषणा भएको हाे ।
संगठनकाे केन्द्रीय कार्यसमितिले उत्कृष्ट कार्य समितिलाइ प्रमाण पत्र र मायाको चिनो प्रदान गरेको छ। प्रमाण पत्र र मायाको चिनो संगठनका केन्द्रीय सदस्य तथा कालीकोट ईन्चार्ज प्रकाश खड्काले ग्रहण गरेको छन् ।
संगठन केन्द्रीय कार्यसमितिले प्रत्येक वर्ष शहिद स्मृति दिवसको अवसरमा ७ वटा प्रदेशबाट १/१ वटा र उपत्यका विशेषबाट २ वटा उत्कृष्ट कार्य समिति घोषणा गर्ने गरेकोमा याे वर्ष कालीकाेट पनि परेको छ।
कार्य सिमित कालीकाेटले संगठकनकाे हितकोलागि राम्रो कार्य गरेको संगठनको बुझाई छ। शहिदहरु मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र बिकको सम्झनामा नेपाल निजामती कर्मचारी संगठनले प्रत्येक वर्ष साउन १५ गते शहिद स्मृति दिवस मनाउने गरेकाे छ।
संगठन केन्द्रीय कार्यसमिति अध्यक्ष भवानी न्यौपाने दाहालको अध्यक्षता तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा क्वालिटी बैंकेट बुद्धनगरमा शहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवसको मुल समारोह कार्यक्रम भएको थियो ।



karnalipress
१६ श्रावण २०८२, बिहीबार २०:२८