नागरिक समाजद्वारा ध्यानाकर्षण पत्र पेश

फागुन १३,कालीकोट। नागरिक समाजले ध्यानाकर्षण पत्र पेश गरेकाे छ। जिल्लामा क्रियाशिल नागरिक समाजमा आवद्ध संघ सस्थाहरुले निर्वाचनको क्रममा बालबालिका र विद्यालयको दुरुपयोग रोक्न मागगर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय कालीकोटलाई ध्यानाकर्षण पत्र बुझाएको हाे।

सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गते घोषण गरेपछि निर्वाचन आयोगले सोही निर्णय अनुसार चुनावको तयारी गरेको छ। नेपाल सरकारका तर्फबाट चुनावमा बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा २ मा राजनैतिक प्रयोजनकालागि संगठित गर्ने वा हड्ताल बन्द,चक्का जाम,धर्ना जुलुसमा बालबालिकालाई सहभागि नगराउन आग्रहगर्दै जिल्ला प्रशासन र निर्वाचन कार्यालय कालीकोटलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले आफुले यो पत्रले सम्बन्धित निकायमा जानकारी गराउने र कार्यान्वयन गर्न परिपत्र गर्ने बताउनुभयो। ध्यानाकर्षण पत्र बुझाउन पत्रकार महासंघ कालिकोटका पुर्व अध्यक्ष तथा कान्तीपुरका उप सम्पादक तुलाराम पाण्डे,बाल अभियान्ता बाले विश्वक्रमा, पत्रकार ललित बिष्ट ,किरण अधिकारी,नागरिक समाजका सदस्यगरी जम्मा २६ जनाको सहभागिता रहेको थियो ।