
मङ्सिर १०, कालीकोट । जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं ३ माणेगाउँका एक जना युवाले गाउँमै कालिज फम सञ्चालनमा ल्याउनु भएको छ । गाउँवाट संघिय राजधानी काठमाण्डौ सम्म मात्र पुग्नु भएका ३१ वर्षिय धर्मप्रसाद उपाध्यायले युटुभमा कालिज फमको भिडियो देखेर प्रभावित भएर फम सञ्चालनमा ल्याउनु भएको हो । मालिका वाईडलाईफ एग्रो समुह वनाएर गत जेठ महिनावाट कालिज पाल्न सुरु गर्नु भएको छ ।
कृषि बिकास वैकवाट ऋीण निकालेर उपाध्यायले आफ्नै गाउँमा फम सञ्चालनमा ल्याएपछि अन्य नागरिक समेत प्रभावित भएका छन । पाँच लाख वैकको ऋीण र तीन लाख आफ्नो तलव वाटको गरी जम्मा आठ (८) लाखको लगानीमा कालिजको वास स्थान सहित चल्ला खरिद गर्नु भएको थियो । उपाध्यायले सुरुमा दुई सय कालिजका चल्ला ल्याएपनि ५० चल्ला ब्यवस्थापन गर्न नसक्दा मरेको सुनाउनुभयो । युटुभमा हेरेको भिडियोको भरमा काम सुरु गरे ।
युरोपियन देशमा कालिज ब्यवसाय गरेको वारेमा जानकारी पाएका पोखराका एक जना बिकास भट्राईले प्रोत्साहन गरेको पाइन्छ । उहाँले सुरुमा पाल्ने भन्नु भएको थियो । हाम्रो फोनमा कुरा हन्थ्यो । धेरै ज्ञान दिनुभयो । युटुभको थप सहयोग भयो । अनि यो ब्यवसाय सुरु गरेको धर्मको भनाई छ ।
गाउँपालिकामा निवेदन गरे केही प्राबिधि ज्ञान दिनु प्रयो भनेर । तर गाउँपालिकाले केही सुनुवाई गरेन ।
जिल्ला पशुसेवा सम्म पुग्ने आफ्नो पहुँच भएन । वैकको ऋीण निकाल्ने कुरापनि मेरो छिमेकी काकाले सुझाउनुभयो । अनि मात्र सफल भए कालिज ब्यवसायी उपाध्यायले सुनाउनुभयो । गाउँपालिकाले प्राबिधिक ज्ञान त दिएन भने अनुदान दिनु त धेरै टाडाको कुरा हो ।
आफुले निवेदन दिए दर्ता पनि भयो । म केही गर्छु भनेर भने एक पटक वडा अध्यक्ष सम्मलाई कालिज फममा आएर हेरिदिन पनि आग्रह गरे अहँ कोही पनि आउनु भएन । त्यसैले अव काम सुरु गरिसकेको छु । आफ्नै लगानीले अझै पनि यसलाई थप बिकास र वास स्थापन पनि वढाउने तयारी गरेको छु धर्मले सुनाउनुभयो ।
धेरै पटक गाउँपालिकाको कृषि र पशु शाखामा प्रास्तावना पेस गरे कतैवाट आएन । धर्मलाई जिल्ला रेडक्रस सोसाईटीले मात्र २५ हजार नगद दिएको छ । अरु कुनैपनि ठाउँवाट सहयोग जुटेको छैन ।
अनुदानको आसले समुह वनाए
एकल फममा अनुदान आउदैन । त्यसैले समुह वनाउ भनेर केहीले सुझाव दिए । त्यसैले आफ्नो छिमेकीका नाम मात्र राखेको छु । कसैले लगानी गर्नु भएको छैन । आफ्नो एकल लगानी हो । उ वेला गाउँपालिकाले समेत अनुदानका लागि एकललाई हुदैन समुह चाहिन्छ भनेर भनेको थियो । तर अहिले अनुदान त के फम हेर्न आउनु प्रयो भन्दा पनि कोही जनप्रतिनिधि, पशुशाखा कृषि शाखावाट आउन मान्नु भएको छैन धर्मको भनाई जस्ताको तस्तै ।
केही गाउँका जान्ने वुझ्नेहरुले पनि समुह वनाउन भनेको धर्मले सुनाउनुभयो ।
कहि कतैवाट सहयोग नपाउने भएपछि वैक मार्फत ऋीण लिएर काम पुरा गरेको छु, दुई चल्ला ल्याएकोमो ५० वटा मरे । वाँकी सबै हुर्केका छन । यस वाट ४० वटा बिग्री गरेर एक लाख २० हजार सम्मको लगानी असुल भएको छ । केही प्यारालाईसेस भएर मरे । वाँकी भने आफुसंगै छन । जिल्ला पशुसेवा कार्यालय कालीकोटका प्रमुख लक्ष्मीप्रसाद अधिकारीले समेत कालिज फमको अनुगमन गर्नु भएको छ । उहाँले आफुले फम हेरेर आएको अव युवा ब्यवसायीको माग के कस्तो छ, उहाँको माग अनुसारको कार्यालयले के सक्छ त्यसका लागि सल्लाह हुने समेत वताउनुभयो ।



karnalipress
१० मंसिर २०७८, शुक्रबार ०६:५५