एकिकृत समाजवादीको अगुवा कार्यकर्ता भेला नरहरीनाथमा सम्पन्न

भाद्र १६,कालिकोट।नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी)को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम नरहरीनाथ गाउँपालिकामा सम्पन्न भएकाो छ।

दुईसय भन्दा बढि नागरीकहरुको सहभागीतामा नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) प्रदेश कमिटी सदस्य धीर बहादुर विष्टको प्रमुख आथित्यतामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमा सम्बोेधन गर्दै धीर बहादुर बिष्टले असंवैधानिक संसद विघटन खेत जनक रहेकोले अहिले यो अवस्था सृजना गर्न बाध्य भएको बताउनु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता वीरेन्द्र बहादुर बुढाले “केपी शर्मा ओलीले गरेको असंवैधानिक कदमले देशमा अस्थिरता निम्त्याएको हो” । साथै, नेपाली जनताले दिएको जनमतको अवेज्ञा गरेको आरोप लगाउदै नेता तथा कार्यकर्ताहरुलाई बिचल्लित नभई एक ढिक्का रहि रहन आह्वान गर्नुभयो ।

प्रशिक्षण कार्यक्रममा नेता वीरेन्द्र बहादुर बुढा, गोरख बटाला रत्न सहकारी, हर्क बहादुर बुढा, गजेन्द्र बहादुर बुढा, केशव थापा, राम जी वोगटी लगाएत अन्य नेतागणहरुको उपस्थिति रहेको थियो ।

प्रशिक्षण कार्यक्रम सकिए लगत्तै गाउँपालिकाको डाडाँमाडूमा पार्टी कार्यालय उद्घाटन समेत भएको छ ।