असोज २१ गते देखी २५ गते सम्म तिलागुफामा फुटबल खेल हुने

असोज १०,कालिकोट। असोज २१ गते देखी २५ गते सम्म कालिकोटको तिलागुफा नगरपालिकाको बालाचौरमा जिल्ला स्तरिय छनौट फुटबल खेल हुने भएको छ ।

जिल्ला खेलकुद् विकास समितिको आयोजना, तिलागुफा नगरपालिकाको सह आयोजना र तिव्रीकोट फुटबल कलवको सहजिकरणमा खेल हुने आयोजकले जनाएको छ । असोज १८ गते सम्म टिम दर्ता गर्न अनुरोध गरेको छ ।

जिल्ला स्तरिय खेलमा छनौट हुने खेलाडीले प्रदेश तथा जिल्ला वाहिरका खेलहरुमा खेल्न सक्ने तिव्रीकोट फुटबल क्लवका अध्यक्ष सुरेश कुमार बमले जनाए।