
बैशाख १०,कालिकोट। नेकपा एमाले कालिकोटले सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा व्यासि तिरुवा र उपाध्यक्षमा पार्वती सिंहलाई सिफरीस गरेको छ । नेकपा एमाले जिल्ला कमिटीको बैठकले व्यासि तिरुवालाई अध्यक्षमा र पार्वती सिंहलाई उपाध्यक्षमा सिफरीस गरेको हो ।
आगामि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार चयन गरेको छ । सान्नीत्रिवेणी गाउँपालिकामा अध्यक्षमा र उपाध्यक्षमा युवा नेत्यव सिफरीस भएकाले आफुले शिक्षा,स्वास्थ्य,सडक र महिलाका सवाललाई जोड् दिएर गाउँपालिकाको बिकास र हितकोलागि काम गर्ने बताएका छन्।



karnalipress
१० बैशाख २०७९, शनिबार २१:५१