दैलेखमा काँग्रेसकाे पाँच स्थानीय तहमा देउवा पक्ष बलियो

असाेज १०,दैलेख। दैलेख जिल्लाका ११ वटा  स्थानीय तम मध्ये पाँच वटा पालिकामा नेपाली काँग्रेसकाे १४ औं महाधिवेशनको निर्वाचन परिणाम सार्वजनिक भएको छ ।निर्वाचन परिणामले दैलेखमा देउवा पक्ष्ँ हावी हुने देखिएको छ ।

देउवा विचार समूहमा आवद्ध नारायण नगरपालिकामा मनोज थापा विजयी बनेका छन् । उनले पौडेल समूहका सुवास थापालाई पराजित गरेका हुन ।नौमुले गाउँपालिकामा गंगबहादुर शाहीले वाजी मारेका छन् । गंगबहादुर शाही, मोतिलाल बस्नेत र कर्णबहादुर खत्रीले सभापतिमा दावी गरेका थिए ।

चामुण्डाविन्द्रासैनीमा जगतबहादुर शाहीले निर्वाचन आफ्नो पोल्टामा पारेका छन् । उनले पौडेल समूहका जोगी शाहीलाई पराजित गरेका हुन ।डुंगेश्वर गाउँपालिकामा पनि देउवा पक्षका भीमबहादुर भट्ट विजयी भएका छन् । उनले गंगबहादुर खत्रीलाई परािजित गरेका हुन ।
यस्तै दुल्लु नगरपालिकामा देउवा पक्षकै लालबहादुर रावत सभापति भएका छन् ।यहाँबाट जिल्ला सभापतिमा दावेदारका रुपमा हेरिएका घनश्याम भण्डारी चुनाव लडने भएका कारण यहाँ सहमतिमै नेतृत्व चयन भएको हो ।

यद्यपी आधिकारिक रुपमा घोषणा हुन भने बाँकी रहेको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।दैलेखका वाँकी स्थानीय तहमा सर्वसम्मत नेतृत्वको पहल भइरहेको काँग्रेस दैलेख स्रोतले जनाएको छ।