
श्रावण १५, काठमाडौं- नागरिक दैनिकमा कार्यरत पत्रकारले लामो समयदेखि तलब सुविधा नपाएको भन्दै धर्ना सुरु गरेका छन्। उनीहरुले बुधबारदेखि सुन्धरास्थित नागरिक दैनिकको कार्यालय परिसरमा धर्ना गरेका हुन्।
पत्रकार महासंघका सर्लाही अध्यक्ष तथा नागरिक दैनिकका संवाददाता टंक क्षेत्रीले तलब सुविधानको माग गर्दै पटक–पटक व्यवस्थापनको ध्यानाकर्षण गराउँदासमेत नसुनेकाले बाध्य भएर धर्ना सुरु गरिएको बताए। उनीहरुको धर्नामा पत्रकार महासंघका कार्यवहाक अध्यक्ष रमेश विष्ट र महासविच रोशन पुरीले ऐक्यबद्धता जनाएका छन्।
उनीहरुले हालसम्मको बाँकी सम्पूर्ण पारिश्रमिक रकम तत्काल भुक्तानी गरिनुपर्ने, ६ महिना परीक्षण अवधि पूरा गरेका सबै पत्रकारलाई स्थायी नियुक्ति दिनुपर्ने, प्रचलित श्रमजीवी पत्रकारसम्बन्धी ऐनअनुसार सेवा सुविधान दिनुपर्ने लगायतका माग राखेर धर्ना सुरु गरेका हुन्।रासस



karnalipress
१५ श्रावण २०७८, शुक्रबार ११:५७