रूपा सुनार प्र’करण – घरबेटीलाई १ लाख १५ हजार रूपैयाँ ध’रौटी तिर्न आदेश

असोज ६,काठमाडौं। जिल्ला अदालत काठमाडौंले सञ्चारकर्मी रूपा सुनारमाथि जातीय वि’भेद गर्ने घरबेटी सरस्वती प्रधानलाई एक लाख १५ हजार रूपैयाँ ध’रौटी तिर्न आदेश दिएको छ ।

न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले प्रधानलाई ध’रौटी तिर्न आदेश दिएको हो । सरकारी वकिल कार्यालयले केही दिनअघि नै मु’द्दा दायर गरे पनि बुधबार मात्रै घरबेटी प्रधान अदालतमा हाजिर भएपछि थु’नछेक बहस गरी ध’रौटी तिर्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले बताउनुभयो ।

गत असार १ गते कोठा हेर्न गएकी सुनारले आफू कामीकी छोरी भएको बताएपछि घरबेटी प्रधानले कोठा दिन अ’स्वीकार गर्नुभएको थियो । घरबेटी प्रधानबाट आफूमाथि जातीय विभेद भएको भन्दै सुनारले प्रधानवि’रुद्ध महानगरीय प्र’हरी वृत्त सिंहदरबारमा जाहेरी दिएपछि प्रहरीले उहाँलाई प’क्राउ गरेको थियो ।

प्रहरीले घरबेटी प्रधानमाथि अ’नुस’न्धान गरी सरकारी वकिल कार्यालयमा अ’नुस’न्धान प्रतिवेदन पेश गरे पनि सरकारी वकिल कार्यालयले थप अ’नुस’न्धान गर्नु भन्दै प्रतिवेदन फिर्ता पठाएपछि प्रधान थु’नामु’क्त हुनुभएको थियो ।